पोखरा, १७ पौष –
सामाजिक जागरणका लागि नारी अभियानको आयोजनामासडक सुरक्षा तथा ट्राफिक सचेतना सम्वन्धी प्रशिक्षण शुक्रवार सम्पन्न भएको छ ।
नेपाल अटोमोबाइल्स एशोसियसन र जिल्ला ट्राफिक कार्यालय कास्कीको सहकार्यमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका महिलाहरुको सहभागिता रहेको थियो ।
सह क्षेत्रीय प्रशासक दिवाकर बाँस्तोलाले कार्यक्रमको उद्घाटन गर्दै सडक दुर्घटना जानेर वा नजानेर पनि हुने भएकाले यस प्रति सबै सावधान हुन जरुरी रहेको बताउनु भयो । दुर्घटना न्युनिकरण गर्न महिलाहरुको भुमिका अपरिहार्य हुने हुँदा पनि महिलाहरुलाई ट्राफिक सम्बन्धी सचेतना कार्यक्रमहरुमा अग्रसर गराउनुपर्नेमामा जोड दिनुभयो ।
जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख श्यामु अर्यालले सडक दुर्घटनाले गर्दा नेपालमा बर्षेनी १८ सय देखि २ हजार सम्म मानिसहरुले आफ्नो ज्यान गुमाएको बताउँदै ५ देखि ६ हजार ब्यक्ति अपाङ हुने गरेको बताउनुभयो ।
उहाँले बार्षिक समग्रमा सडक दुर्घटनामा कास्कीमा ४० देखि ४५ जनाको ज्यान जाने गरेको तथ्याङक रहेको बताउँदै यसलाई न्युनिकरण गर्न जनचेतना जोगाउनुपर्ने बताउनुभयो । उहाँले नेपालमा रहेका साँघुरा सडक र नियम उलङघन गर्ने प्रवृत्ति बढेकाले सडक दुर्घटना हुने बताउनुभयो ।
कार्यक्रममा पोखराको पहिलो महिला ट्याक्सी चालक विष्णु कुँवरलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । उहाँले ट्याक्सी चालक हुनुमा गर्व महसुस भएको बताउँदै अन्य दिदिबहिनीहरुलाई पनि काम गर्न लाज नमानि आफुले जस्तै गरी काम गरेर आत्मानिर्भर हुनका लागि पनि आग्रह गर्नुभयो ।
सामाजिक जागरणका लागि नारी अभियानको वारेमा अभियन्ता तथा संयोजक सुष्मा पौडेलले जानकारी गराउनु भएको थियो । उहाँले ट्राफिक नियम तथा सडक सुरक्षा सम्वन्धी जानकारी नहुदा कयौले अकालमा ज्यान गुमाउनुपरेका कारण सचेतनाका लागी कार्यक्रम आयोजना गरेको वताउनुभयो ।
प्रशिक्षणमा जिल्ला ट्राफिक कार्यलयका प्रहरी नायब निरिक्षक राजेन्द्र कार्कीले ट्राफिक नियम सम्वन्धी र नेपाल अटोमोबाइल्स एशोसियसनका महासचिव गोविन्द भट्राईले सडक सुरक्षा सम्वन्धी प्रशिक्षण दिनुभएको थियो ।
अभियन्ता सुष्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक ज्ञानु सुवेदीले स्वागत मंतव्य सदस्य पवीत्रा केसीले धन्यवाद मंतव्य र कार्यक्रम संचालन पार्वती कार्कीले गर्नुभएको थियो । सहभागीका तर्फवाट सदस्य दुर्गादेवी वास्तोलाले प्रशिक्षण उपलव्धीपुर्ण रहेको वताउनुभयो साथै कम्वल संकलन अभियानका वारेमा संयोजक ममता गुरुङले जानकारी गराउनुभएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution