पोखरा, १७ पौष –
१७ औ पोखरा सडक महोत्सबको आज अन्तिम दिन चर्चित पप गायक निमा रुम्बाले आफ्ना विभिन्न गित सङ्गीतको माध्यमबाट दर्शकहरुलाई भरपुर मनोरन्जन दिलाएका छन ।आफ्नो नयाँ एल्बममा रहेको नयाँ गित बाट प्रस्तुति सुरुगरेका निमाले उपस्थित दर्शकहरुलाई विभिन्न धुनको साथमा गित गाएर नचाएका छन ।
महोत्सवको अन्तिम दिनपनि महोत्सब स्थलमा दर्शकको बाक्लो उपस्थिति रहेको छ ।







