पोखरा १७, पौष –
कास्कीको मिजुरेडाँडाँ गाविस वडा नं १ र ३ मा खानेपानी आयोजना सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्धारा सञ्चालित तथा युनिका फाउण्डेसन नेदरल्याण्डको आर्थिक सहयोगमा सो खानेपानी योजना सम्पन्न भएको हो ।
योजना सम्पन्न भएपछि ८३ घरका ४ सय ४९ जनसंख्या लाभान्वित भएका छन् । प्रत्येक घर र एक विद्यालयमा खानेपानीको धारा जडान गरिएको छ । सो परियोजनाको एक कार्यक्रमकाबीच नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति वामदेव ढुङ्गाना र युनिका फाउण्डेसन नेदरल्याण्ड नेपालका कन्ट्रि निर्देशक रमेश पौडेलले संयुक्तरुपमा शुभारम्भ गर्नुभयो ।
सो अवसरमा बोल्दै रेडक्रस कास्कीका सभापति ढुङ्गानाले रेडक्रसले विभिन्न क्षेत्रमा सहकार्य गरिरहेको उल्लेख गर्दै खानेपानी परियोजना पश्चात स्थानीयलाई सजिलो भएको बताउनुभयो । युनिका फाउण्डेसनका कन्ट्रि निर्देशक पौडेलले खानेपानी परियोजनाको दिगो सञ्चालनका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा रेडक्रस कास्कीका उपसभापति डोलराज पाण्डे, उपभोक्ता समितिका अध्यक्ष पूर्ण बहादुर तामाङ लगायतले बोल्नुभएको थियो । घर–घरमा खानेपानी पुगेपछि तरकारी खेती, बाख्रापालन लगायतले स्थानीयको आयआर्जनमा समेत सहयोग पुगेको छ ।
यसैबीच कास्कीको सैमराङ्ग गाविसको वडा नं. ८ र ९ मा पनि खानेपानी परियोजना सम्पन्न भएको छ । सो परियोजनाको नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति वामदेव ढुङ्गाना र युनिका फाउण्डेसन नेदरल्याण्ड नेपालका कन्ट्रि निर्देशक रमेश पौडेलले उद्घाटन गर्नुभयो । बरालडाँडा पोखरा सम्पर्क समाजका अध्यक्ष जिमप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रस कास्कीका उपसभापति डोलराज पाण्डे, शाखाका उपनिर्देशक खेमराज सापकोटा, परियोजनाका सल्लाहकार संयोजक भिमप्रसाद गुरुङ, सचिव धनप्रसाद कार्की लगायतले बोल्नुभएको थियो । परियोजना पश्चात ५६ घरका करिव ४ सय जनसंख्या लाभान्वित भएका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution