पोखरा, १८ पौष –
भिजन बचत तथा ऋण सहकारी संस्था लिमिटेड अमरसिंह १० पोखराको तेस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा प्यारामाउण्ट पब्लिक स्कुलका प्रिन्सिपल श्रीमान गुरुङले भिजन बचत तथा ऋण सहकारी संस्थाले गरेको कार्यको प्रशंसा गर्दै भविष्यमा पनि बचतकर्ताहरुको आवश्यकता अनुसारको कार्य गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीहरु नाफामुखी नभइ सेवामुखी हुनुपर्नेमा जोड दिनुभयो । साधारण सभामा संस्थाका अध्यक्ष देव मल्लले सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कर्मचारीको तर्फबाट बोल्दै डिल्लीराम खनालले संस्थामा काम राम्रो भई रहेको र विगतका दिनहरूमा भन्दा पनि अझै राम्रा कार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । सहकारीले उत्कृष्ठ कर्मचारीका रुपमा सहकारीका बजारप्रतिनिधि एलिना रानामगर,उत्कृष्ट बचतकर्ता श्रीमान गुरुङलाई सम्मान गरेको थियो ।
देव मल्लको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको सञ्चालन सञ्चारकर्मी विनोद पहारीले गर्नुभएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution