भिजन सहकारीको तेस्रो साधारणसभा सम्पन्न

पोखरा, १८ पौष –

भिजन बचत तथा ऋण सहकारी संस्था लिमिटेड अमरसिंह १० पोखराको तेस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा प्यारामाउण्ट पब्लिक स्कुलका प्रिन्सिपल श्रीमान गुरुङले भिजन बचत तथा ऋण सहकारी संस्थाले गरेको कार्यको प्रशंसा गर्दै भविष्यमा पनि बचतकर्ताहरुको आवश्यकता अनुसारको कार्य गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीहरु नाफामुखी नभइ सेवामुखी हुनुपर्नेमा जोड दिनुभयो । साधारण सभामा संस्थाका अध्यक्ष देव मल्लले सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कर्मचारीको तर्फबाट बोल्दै डिल्लीराम खनालले संस्थामा काम राम्रो भई रहेको र विगतका दिनहरूमा भन्दा पनि अझै राम्रा कार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । सहकारीले उत्कृष्ठ कर्मचारीका रुपमा सहकारीका बजारप्रतिनिधि एलिना रानामगर,उत्कृष्ट बचतकर्ता श्रीमान गुरुङलाई सम्मान गरेको थियो ।

देव मल्लको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको सञ्चालन सञ्चारकर्मी विनोद पहारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button