लमजुङ्, १९ पौष –
नेष्डो सुचना विभाग- कास्की र लमजुङ्ग जिल्लाका सवै विपन्न वर्गमा संस्थाको लघुवित्त सेवालाई पुरयाउने उदेश्यले राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको ४८औं शाखाको रुपमा कास्की र लमजुङ्ग जिल्लाको सिमावर्ति क्षेत्र करपुटारमा नयाँ शाखाको आईतावार शुभारम्भ भएको छ । लघुवित्त संघ, मिफान नेपालका राष्ट्रिय उपाध्यक्ष एवम् नेष्डो नेपालका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईले सम्वृद्धीको दिप प्रज्वलन गरी एक औपचारिक समारोहका विच उक्त शाखाको शुभारम्भ गर्नु भएको हो ।
यस पुर्व संस्थाले लमजुङ्ग जिल्लामा वेशीशहर, भोटेओढार र दुईपिप्ले तथा कास्की जिल्लामा चिप्लेढुङ्ग,विरौटा, नाउडाँगा र लेखनाथशाखाले दुवै जिल्लामा लघुवित्तीय सेवा प्रवाह गर्दै आएको छन् । हालसम्म दुवै जिल्लाका ७ वटा शाखाले ७ नगरपालिका सहित ८६ गाविसका १३ हजार ७ सय विपन्न परिवारलाई लघु वित्तीय सेवा प्रवाह गर्दै आई रहेका छन् । हाल शुभारम्भ भएको करपुरटार शाखाले लमजुङ्ग जिल्लाको करपुरटार नगरपालिका, गिलिङ्ग, डढुवा र कास्की जिल्लाको हंशपुर, थुम्की र सिद्ध गाविसका ३ हजार ५ सय विपन्न परिवारलाई वित्तीय सेवा दिने लक्ष्य रहेको छ ।
शाखा शुभारम्भ कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथि विश्व प्रकाश प्रसाईले देशको समग्र विकासमा ठूला वित्तीय सस्थाहरुको भुमिका रहे पनि एउटा गरिव परिवार तहको गरिवी न्यूनिकरणमा लघु वित्तीय संस्थाको महत्वपुर्ण भुमिका रहेको वताउनु भयो । एउटा विपन्न परिवारलाई एक पेट खाने, एक सरो लगाउने, बालवच्च विद्यालय पढाउने, विराम हुँदा उपचार गर्न सक्ने वताउनुको साथै सामाजिक रुपमा इज्यत र प्रतिष्ठामा वृद्धि गर्नका लागि लघु वित्त सेवा आवश्यक रहेकोमा उहाँले जोड दिनु भयो । नेपालमा गरिवी रहेसम्म संस्थाको गरिवी विरुद्धको अभियान निरन्तर जारी रहने वताउनु हुँदै संस्थाले थप ग्रामीण क्षेत्रलाई लक्षित गर्दै आफ्नो सेवालाई विस्तार गर्दै जाने वताउनु भयो । कार्यक्रममा वोल्दै जिल्ला विकास समिति कास्कीका इन्जिनियर कृष्ण प्रसाद जमरकट्टेलले लघुवित्तले विपन्न परिवारलाई घरघरमा पुगी वचत योजनाको साथै विनाधितो कर्जा सुविधा दिनुले गरिवी न्यूनिकरणमा टेवा पुगेको वताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस इशानेश्वरका अध्यक्ष विष्णुहरी घिमिरेले नेष्डो नेपालको वचत, कर्जा तथा कल्याणकारी योजना अरु भन्दा गरिवमुखी भएकाले यस क्षेत्रमा नेष्डो नेपाल छिट्टै अग्रणी वन्ने वताउनु भयो । यसैगरी एकिकृत नेकपा माओवादी इशानेश्वरका अध्यक्ष ध्रुवधर घिमिरेले नेष्डो नेपालले वचत तथा कर्जाको अलवा अनुशासन र आर्दशलाई समेत विशेष जोड दिएकाले सामाजिक परिवर्तन गर्न सफल हुने वताउनु भयो । कार्यक्रममा राप्रपा नेपाल लमजुङ्गका जिल्ला सदस्य जर्तुभुज घिमिरे, हंशपुर नागरीक मन्चका संयोजक भैरवलाल श्रेष्ठ, केन्द्र प्रमुख मिरादेवी न्यौपाने लगायतले लघु वित्त सेवा आर्थिक कारोवार मात्र नभई सामाजिक सेवा भएको र यस क्षेत्रमा संस्थाले शाखा खोली सेवा दिनु सह्रानीय भएको वताउनु भयो ।
कार्यक्रममा संस्थाको करपुटार शाखाका प्रवन्धक पम्पा मल्लको अध्यक्षता, लघु वित्त सेवा विभागका प्रमुख विश्ववन्धु प्रसाईको स्वागत, केन्द्र प्रवन्धक डिलमायाँ थापाको संस्थागत प्रतिज्ञा एवम् मानव विकास अधिकृत इश्वरी प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution