पोखरा, १९ पौष –
अष्ट ज अभियान नेपाल र कृषि विकास मन्त्रालयको समन्वयमा सीप हस्तान्तरणद्वारा सशक्तिकरण (नेष्ट) को आयोजनामा भुकम्प पीडित कृषकहरुको लागि सुपर सिड ब्याग (झोला) वितरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भुकम्प पीडित कृषकहरुको लागि सुपर सिड ब्याग वितरण गर्दै प्रमुख अतिथि जिल्ला कृषि विकास अधिकृत रमेश प्रसाद कोइरालाले कृषिमा आएको सिड ब्यागलाई कृषि कार्यमा नै प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा गैसस महासंघका अध्यक्ष गोपाल खड्का, अष्ट ज अभियानका जिल्ला अध्यक्ष शिवजी कोइराला, नेष्टका कार्यवाहक अध्यक्ष आरोग्य बजिमय, सामाजिक परिचालक संयोजक निर्मला अर्याल बराल, रिता अधिकारी सुवेदीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा नेष्ट अन्तर्गतका जिल्ला विकास समितिबाट समाजिक परिचालक ११ जना र पोउ.म.न.पा.का १० जना सामाजिक परिचालकहरुलाई सुपर सिड ब्याग वितरण गरिएको थियो ।
नेष्टका अध्यक्ष आरोग्य बजिमयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत अष्ट ज अभियानका जिल्ला अध्यक्ष शिवजी कोइराला र कार्यक्रमको संचालन सामाजिक परिचालक संयोजक निर्मला अर्याल बरालले गर्नुभएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution