भुकम्प पीडित कृषकहरुको लागि सुपर सिड ब्याग वितरण

पोखरा, १९ पौष –

अष्ट ज अभियान नेपाल र कृषि विकास मन्त्रालयको समन्वयमा सीप हस्तान्तरणद्वारा सशक्तिकरण (नेष्ट) को आयोजनामा भुकम्प पीडित कृषकहरुको लागि सुपर सिड ब्याग (झोला) वितरण कार्यक्रम सम्पन्न भयो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कार्यक्रममा भुकम्प पीडित कृषकहरुको लागि सुपर सिड ब्याग वितरण गर्दै प्रमुख अतिथि जिल्ला कृषि विकास अधिकृत रमेश प्रसाद कोइरालाले कृषिमा आएको सिड ब्यागलाई कृषि कार्यमा नै प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा गैसस महासंघका अध्यक्ष गोपाल खड्का, अष्ट ज अभियानका जिल्ला अध्यक्ष शिवजी कोइराला, नेष्टका कार्यवाहक अध्यक्ष आरोग्य बजिमय, सामाजिक परिचालक संयोजक निर्मला अर्याल बराल, रिता अधिकारी सुवेदीले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा नेष्ट अन्तर्गतका जिल्ला विकास समितिबाट समाजिक परिचालक ११ जना र पोउ.म.न.पा.का १० जना सामाजिक परिचालकहरुलाई सुपर सिड ब्याग वितरण गरिएको थियो ।

नेष्टका अध्यक्ष आरोग्य बजिमयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत अष्ट ज अभियानका जिल्ला अध्यक्ष शिवजी कोइराला र कार्यक्रमको संचालन सामाजिक परिचालक संयोजक निर्मला अर्याल बरालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button