लायन्स क्लब अफ पोखराको अन्तक्र्रिया तथा वनभोज कार्यक्रम सम्पन्न

पोखरा, १९ पौष –
लायन्स क्लब अफ पोखरा मिड टाउनको वनभोज, छलफल तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । क्लबको वार्षिक विभिन्न कार्यक्रम अन्तर्गत पोखराको अर्मलामा शनिबार पारिवारिक वनभोजन तथा अन्तक्र्रिया कार्यक्रम गरिएको अध्यक्ष कृष्णराज पोखरेलले जानकारी दिए ।
कार्यक्रममा बोल्दै लायन्स क्लब डिष्ट्रिक ३२५ बि वान रिजन थ्रिका चेयर पर्सन गौरवराज भण्डारीले लायन्स क्लबले सामाजिक क्षेत्रमा पुरयाएको योगदान प्रशंसनीय रहेको बताए । लायन्स क्लब जोेन ५ का एमजेएफ मदन द्वाले लायन्स क्लब अफ पोखरा मिड टाउनले गरेका गतिविधिहरु सामाजिक हितमा रहेको भनाइ राखे ।
उक्त अवसरमा २३ परिवारका करिब एक सय जना सहभागी रहेको कार्यक्रम संयोजक विजय पाठकले जानकारी दिए । कार्यक्रम सफल पार्न पाठकको संयोजकतवमा ठाकुर अधिकारी र दीपेन्द्र आचार्य सदस्य रहेको समिति गठन गरिएको थियो । उक्त अवसरमा क्लबका सदस्यका परिवारबीच परिचयात्मक कार्यक्रम पनि भएको सचिव विश्वास भण्डारीले जानकारी दिए ।