विग आईकनको पाचौँ अडिसनमा ४३ जना

  • पोखरा न्यूज
  • २०७२ पौष १९
विग आईकनको पाचौँ अडिसनमा ४३ जना

पोखरा, १९ पौष –

विग आईकनको यो सिजन अन्तरगत पाँचौ चरणसम्म आईपुग्दा ४३ जना प्रतिस्पर्धीहरु छनौट भएका छन् । चौथो चरणको अडिसनमा सहभागी भएका ६२ जना प्रतिस्पर्धीहरुमध्येबाट उनीहरु पाँचौ चरणका लागि छानिएका हुन् । विग आईकनको यो सिजनमा कुल ९ सय ३ जनाले सहभागिता जनाएका थिए ।

आईतबार श्यामसुङ तामाङ र विनोद बानियाँ निर्णायक रहेका थिए । यो सिजनमा उनीहरुसँगै गायक कर्णदास, विवेक श्रेष्ठ र संगीतकार सुनील थापा पनि निर्णायक रहेका छन् । पाचौँ चरणको अडिसन मंगलबार न्यूरोडस्थित स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बारमा हुने आयोजक विग एफएमले जनाएको छ ।

छैटौं संस्करणको बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

छैटौ संस्करणको बिग आइकनमा हालसम्म टाइटल स्पोन्सरको रुपमा सामसुङ्ग मोबाइल, सबटाइटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्टस्, प्रोमोटेड बाई टाइटलमा द ब्रिटिस कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, सब–स्पोन्सरमा पिपल डाली मसाला, पोखरा सिने प्लेक्स र मिलिजुली डेकोरेशन रहेका छन् ।

त्यस्तै सर्पोर्टेड बाई टाइटलमा एब्स्ट्रायाक्ट एजुकेशन नेटवर्क, पार्वड बाई टाइटलमा जिङ्ग अल्ट्रा प्रीमियम भोड्का, टेलिभिजन मिडिया पार्टनरमा एभिन्युज टेलिभिजन र कान्तिपुर साप्ताहिक, समाधान दैनिक, अन लाइन पार्टनरमा जक्शन डटकम, म्यागाजिन पार्टनरमा यस म्यागाजिन, होटल पार्टनरमा होटल बाराही, भेन्यु तथा रेष्टुरेण्ट पार्टनरमा स्काई टच रेष्टुरेण्ट, बैंकिङ् पार्टनरमा गरिमा विकास बैक र ट्राभल पार्टनरमा जिरो प्वाइन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस