पोखरा, १९ पौष –
बजारमा ग्याँसको अभाव भईरहदा पोखरामा भने एक राजनैतिक दलका नेता नै ग्याँसको कालोबाजरीमा संलग्न भएका छन । पोखरा मियापाटन निवासि सदभावनाका नेता समेत रहेका फजुलदीन मियाले केहि समय देखि अवैध रुपमा ग्याँसको कारोवार गरेको आरोपमा उनकी श्रीमतीलाई आइतबार महङगोमा ग्याँस विक्रि गर्दै गर्दा प्रहरीले पक्राउ गरेको हो ।
यस अघि उनी सदभावना पार्टीबाट संविधान सभाको प्रत्यक्ष निर्वाचनमा समेत उठेका थिए । निर्वाचनमा हार व्यहोरे पनि पार्टीमा सक्रिए रुपमा लागेका उनले ग्याँसको कारोवार गरेकोले स्थानीय नै अचम्ममा परेका थिए । बजारमा ग्याँसको अभाव भई रहदा एकै रेष्टुरेण्टबाट १५ वटा सिलिण्डर ग्याँस निकालेर प्रहरीले आफ्नो भेनमा राख्दा स्थानीयहरु छक्क परेका थिए ।
सदभावनाका नेता मियाले पोखराको मिया पाटनमा रहेको क्याफे एण्ड रेष्टुरेण्ट समेत संचालन गर्दै आएका छन । मियाकी श्रमती सकिला खातुनले स्थानीयलाई ६ हजारमा ग्याँस विक्री गर्दा गर्दै आईतबार उनलाई रंगे हात पक्राउ गरीएको रामबजार वडा प्रहरी कर्यालयका प्रहरी निरिक्षक वेधप्रसाद जोशीले बताए । शक्ति, बाबा, भानु लगायतका ग्याँस कम्पनीका ग्याँस सहितका सिलिण्डर प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनका अनुसार विशेष सुत्रको आधारमा उक्त रेष्टुरेष्टका सांचालिका खातुनले स्थानीयलाई ग्याँसको मात्रै ६ हजार रुपैया लिदै गर्दा पक्राउ गरीएको हो । उनको रेष्टुरेण्टबाट १५ वटा भरीएका ग्याँस र २ वटा खाली ग्याँस सिलिण्डरहरु नै आफुहरुले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक जोशीले बताए । प्रहरीले नियन्त्रणमा लिए पछि साकिलाले आफ्नो रेष्टुरेण्ट संचालन गर्न र आफन्तहरुको लागि भारतबाट ४ हजार ५ सय देखि ५ हजार सम्म मुल्य तिरेर आफुहरुले ग्याँस ल्याएको पोखराआर्थिक डटकमलाइ बताईन । उनका श्रीमान फजुलदीन मियाले विगतका केहि समय अघि देखि कालोबजारीमा ग्याँसको कारोवार गर्दै आएको श्रोतले जनाएको छ । यसै विच, शक्ति र गृह लक्ष्मीको भोलि सोमबार ग्याँस वितरण हुने भएको छ । गृहको एक हजार ८ सय ६५ वटा र शक्तिको ३ हजार ५ सय ६६ वटा आधा ग्याँस सिलिण्डर वितरण हुने भएको कास्की प्रशासनले जनाएको छ । कास्कीका ग्याँस कार्ड वितरण भए पनि अझै कहिलेबाट उक्त कार्डको आधारमा ग्याँस पाउने हो कुनै टुंगो छैन ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution