पोखरा, १९ पौष –
नेपालकै सर्वाधिक राशी पुरस्कार भएको राष्ट्रव्यापी सफ्टवयर प्रतियोगितामा प्रतियोगिहरुको उत्साहजनक आवेदन परेको छ ।
गण्डकी कलेज अफ ईन्जिनियरिपोखरामा यही पौष २४ र २५ गते सञ्चालन हुने जिसिईएस आईटी महोत्सव अन्र्तगत आयोजित उक्त प्रतियोगिताका लागि प्रतियोागिहरुको आवेदन उत्साहजनक रहेको प्रतियोगिता संयोजक आतिश शाहीले जानकारी दिए । यूवाहरुमा रहेको प्रविधि क्षमताको प्रष्फूटन तथा परिवेश सुहाउँदो सफ्टवयरको विकाश गर्ने प्रतियोगिताको मुख्य उद्देस्य राखिएको उनले बताए । प्रतियोगितामा सहभागिता जनाउनको लागि यही पौष २१ गतेसम्म नाम दर्ता गराउन सकिने महोत्सव आयोजक समितिका सागर कोईरालाले बताए । यसैबीच सोही कलेजमा अध्ययनरत विराज भण्डारीले तयार पारेको व्याट्रीबाट चल्ने गंगा रानी साईकल समेत महोत्सवको प्रर्दशनमा राखिने जनाईएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution