पोखरा, १९ पौष –
पोखरा उप—महानगरपालिकाको आर्थिक वर्ष २०७३-७४ मा ८४ करोड १२ लाख अनुमानित बजेट प्रस्ताव गरीएको छ । प्रास्ताव गरीएको उक्त बजेट चालु आर्थिक बर्ष भन्दा १२ प्रतिशतले बढी भएको आईबतार पोखरामा आयोजित नगरपालीकाको एकिकृत योजना तर्जु गोष्ठीमा जानकारी गराइएको हो ।
नगरपालिकाको २० औं नगर परिषद्को पुर्व अवसरमा पेस गरीको आर्थिक बर्ष २०७३-७४ को बजेट, नीति र कार्यक्रम सार्वजनिक पोखरा उप–महानगरपालीका कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारीले उक्त प्रस्तावित बजेट सार्वंजनिक गरेका हुन । कुल बजेट मध्ये आन्तरिक आम्दानीतर्फ ४० करोड २७ लाख रहेको छ । आन्तरिक आम्दानीतर्फ स्थानीय कर १३ करोड १२ लाख, सेवा शुल्क ३ करोड १९ लाख, दस्तुरहरुबाट १० करोड, बिक्रीबाट ३ लाख अन्य आयबाट १ करोड ८८ लाख, अनुदान तथा ऋण ४३ करोड ८५ लाख, सावा व्याज फिर्ताबाट ५ लाख आम्दानी हुने अनुमान गरिएको छ ।
वडा स्तरीय योजनामा १ देखि १८ सम्मलाई प्रति वडा १० लाखको दरले र १९ देखि २९सम्मका वडालाई १२ लाखको दरले त्यसै गरी नगर स्तरीय योजनामा भने १ देखि १८ सम्म ५० लाख र १९ देखि २९ सम्म ७० लाखको दरले वजेट विनियोजन गर्न प्रस्ताव गरीएको योजना प्रमुख सुरज प्रधानाङले बताए । यस बर्षको नगरपालीकाको बजेट ८३ प्रतिशत सडक क्षेत्रमा बजेट खर्चने भएको छ भने भवन निमार्णमा र पुल कल्भर्ट निमार्णमा ६-६ प्रतिशत र बाँकी ५ प्रतिशत भने अन्यमा खर्च गर्ने भएको बरिष्ठ ईन्जिनियर शारदा मोहन काफ्लेले बताए । नगरपालीकाले यस बर्ष १ सय ९० वटा योजना ल्याउदै छ ।
“हाम्रो पोखरा राम्रो पोखरा” कार्यक्रम अन्र्तगत मापदण्ड विपरितका संरचनालाई हटाउन ३० लाख, स्वागतद्धारा निमार्णमा २० लाख, भित्रि सडकमा सौर्य वत्ति राख्न ३८ लाख, अम्मरसिंहचोक, पृथ्बीचोक, सृजनाचोक, जिरोकिलोमिटर, हल्लनचोक तथा अन्य मुख्य शहरी सडकहरुमा सौर्य सडक वत्तीको व्यावस्थापनको लागि एक करोड, फेवाताल संरक्षण कार्यको लागि ३० लाख, सृजनाचोकमा व्यावसायीक भवन निमार्णको लागि एक करोड, दैवि प्रकोप व्यावस्थापनको लागि ४० लाख, सडक मर्मत संहारको लागि २ करोड, आकस्मित पुर्वाधार निमार्णको तर्फ एक करोड बजेट प्रस्ताव गरीएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution