नेवा मिसा पुचको दुइदिने तालिम सम्पन्न

पोखरा , १९ पौष –

नेवा मिसा पुच कास्कीको आयोजनामा संसदिय बैठक ब्यवस्थापन तथा नेतृत्व बिकास सम्बन्धि दुइदिने तालिम सम्पन्न भएको छ । शनिबार र आइतबार पोखरा नदिपुर स्थित वडा नम्बर ३ को सभाहलमा सम्पन्न तालिममा सहजकर्ताहरु राजेन्द्र कुमार श्रेष्ठले बैठक ब्यवस्थापन तथा रेडियो अन्नपुर्णका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठले नेतृत्व बिकास सम्बन्धि तालिम दिएका थिए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

तालिममा नेवा मिसा पुच कास्की अन्र्तगतका बिभिन्न टोल तथा वडाबाट पुचका अध्यक्ष तथा पदाधिकारी गरि ४९ जना महिलाहरुको सहभागिता रहेको थियो । यस अघि तालिमको उद्घाटन गर्दै नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले सक्षम नेतृत्वका लागि तालिम र अनुभवको आवश्यकता हुने हुँदा सिकेका कुरालाई ब्यवहारमा उतार्दै समाज बिकासमा आफ्नो भुमिका खोज्नु पर्ने भन्दै सहभागीलाई शुभकामना दिएका थिए । नेवा मिसा पुचः कास्कीका अध्यक्ष शान्ती उदासले नेतृत्वमा रहनेहरुले ब्यवहारिक ज्ञान लिएर आफ्नो कार्यकुशलता देखाउन सकोस भन्नका लागि तालिमको आयोजना गरिएको भन्दै सिकेका कुरालाई संस्था संचालनका दौरान ब्यवहारमा उतार्न सके मात्रै तालिमको औचित्य पुष्टि हुने कुरामा जोड दिए । पुचका सचिब संगीता बज्राचार्यले संचालन गरेको कार्यक्रममा संयोजक निरा श्रेष्ठले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button