नेवा खल कास्कीको छलफल कार्यक्रम सम्पन्न

पोखरा, १९ पौष – 

नेवा खल कास्कीको आयोजनामा कास्कीमा रहेर सरकारी, चिकित्सा, बित्तिय र बिभिन्न क्षेत्रमा कार्यरत नेतृत्वकर्ता बिच परिचयात्मक तथा छलफल कार्यक्रम पोखरामा सम्पन्न भएको छ । नेवा छेँ भिमसेन टोलमा भएको कार्यक्रममा नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले संस्कृति, सभ्यता र संस्कारको प्रर्वद्धनका लागि समुदायको एकताका लागि कार्यक्रमको आयोजना गरिएको बताए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कार्यक्रममा संस्कृतिविद तथा नेवा खल कास्कीका उपाध्यक्ष तिर्थ श्रेष्ठले पोखराको पर्यटनको बिकासमा यहाँको प्राकृतिक सौन्र्दय संगै नेवारी संस्कृतिले टेवा दिन सक्ने बताए । उनले बन्दै गरेको नेवारी सभ्यताको संग्राहालय नमुना संग्राहलय हुने र यो साँस्कृतिक पर्यटनको आकर्षणको केन्द्र बन्न सक्ने बताए । कायक्रममा बोल्दै बरिष्ठ फिजिसियन डाक्टर बसन्त ताम्राकारले नेवारी संस्कृति बिश्वमै प्रशिद्ध रहेको साथै संस्कृति र सभ्यताको जगेर्नाका लागि हरेक पेशा ब्यवसायमा संलग्नहरु पनि आफ्नो ठाँउबाट संरक्षण र प्रबद्र्धनका लागि लाग्न पर्नेमा जोड दिए ।

नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा नेवा मिसा पुचका अध्यक्ष शान्ती उदास, डाक्टर रबिन्द्र श्रेष्ठ, जिल्ला बिकास समितीका नारायण कुमार श्रेष्ठ, नेपाल बंगलादेश बैंकका शाखा प्रमुख बिनोद रञ्जित लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन खलका उपमहासचिब राजेन्द्रकुमार श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button