पोखरा, १९ पौष –
क्रियाशिल भएर लागेमा महिलालाई पत्रकारितामा मात्र नभएर हरेक क्षेत्रमा अवसर भएको आज ( आइतबार ) पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
क्रियाशिल पत्रकार महिला ( WWJ ) नेपालले कास्की शाखाको संयोजनमा आज पोखरामा आयोजना गरेको पत्रकार महिलाको अवस्था, चुनौति र अवसर विषयमा अनुभव आदानप्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले महिला भएकै कारणले अवसरबाट बञ्चित हुनु परेको भन्नु भन्दा महिला स्वंय आफैले आफ्नो क्षमता बढाउनुपर्नेमा जोड दिएका हुन् । उनीहरुले आफ्नो क्षमता देखाउन सके महिलाले मात्र नभएर जो सुकैले अवसर पाउने दाबी गरेका हुन् ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले पत्रकारितामा सम्भावना, धेरै भएकोले पत्रकार महिलाले पत्रकारितालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले हरेक क्षेत्रमा अवसर छ, तर आफूले आफ्नो क्षमतालाई उजागर गर्न सक्नु पर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुष्मा पौडेलले आत्मविश्वास र लगनशील भए महिला भएर कहिलै पछि पर्नु नपर्ने बताउनुभयो ।
कार्यक्रममा बानका केन्द्रिय उपाध्यक्ष रमेश पौडेल, सञ्चारिका समुह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्मा, उपाध्यक्ष विमला भण्डारी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा क्रियाशिल पत्रकार महिला ( WWJ ) केन्द्रिय समिति सहित १० जिल्लाका महिला पत्रकारहरुको समेत उपस्थिती रहेको थियो ।
सहभागीहरुले आफ्नो जिल्लामा महिला पत्रकारले सामना गर्नुपरेको समस्या, महिला भएकै कारणले अवसरबाट वञ्चित हुनु पर्दाको अवस्था, पत्रकारितामा सामना गर्नुपरेको चुनौती, काम र पारिश्रमिकमा विभेद, पत्रकार महासंघमा सदस्यता लिनबाट वञ्चित र महिलालाई कार्यालयले गर्ने अविश्वासरको बारेमा चर्चा गरेका थिए । कार्यक्रम क्रियाशिल पत्रकार महिला ( WWJ ) नेपालका अध्यक्ष शुभेच्छा विन्दु तुलाधरको अध्यक्षतामा भएको थियो ।
महिला पत्रकारहरुको विकास र सहयोगका लागि क्रियाशिल पत्रकार महिला ( WWJ ) नेपालले आयोजना गरेको यात्राको क्रममा उक्त टोली पोखरा आइपुगेको हो । टोलीमा काठमाण्डौँ, धादिङ्ग, तनहुँ, काभ्रे, नवलपरासी, नेपालगञ्ज, म्याग्दी, सुनसरी, रामेछाप, रसुवाका महिला पत्रकारहरुको सहभागीता रहेको छ । काठमाण्डौँबाट सुरु भएको यात्रा तनहुँमा सम्पन्न गरिसकेको छ भने पोखरा हुदैँ नेपालगञ्जमा पुगेर समापन हुने क्रियाशिल पत्रकार महिला ( WWJ) कास्कीका अध्यक्ष सरिता तिमिल्सिना पगेँनीले जानकारी दिनुभयो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution