पोखरा, १९ पौष –
प्राकृतिक स्रोत सम्बन्धि संबैधानिक व्यवस्था बुझौ र बुझाऔं भन्ने नाराका साथ सामुदायिक वन उपभोक्ता महासंघ नेपालको राष्ट्रिय कार्यसमितिको बैठक पोखरामा भएको छ। बैठकले गरेका १५ वटा निर्णयको बारे महासंघले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।
लेखनाथ १३ मजुवास्थित प्रगतिशिल सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा आइतवार सम्पन्न ३ दिने बैठकले संविधानमा प्राकृतिक स्रोतमाथि स्थानीय समुदायको अधिकार सुनिश्चित गरिएका व्यवस्थाको प्रचार गर्ने लगायतका निर्णय गरेको हो ।
राज्यले विभिन्न नाममा वनमा समुदायको अधिकारमाथि हस्तक्षेप गर्न नहुने, उद्यम सम्बन्धि अव्यवहारिक मापदण्ड र दुरी सम्बन्धि हटाउनु पर्ने, वन समुहलाई पान र भ्याटमा दर्ता गर्न दवाव दिन नहुने निर्णय समेत गरेको महासंघका उपाध्यक्ष भीमप्रसाद खड्काले बताउनुभयो ।विभिन्न भौतिक पुर्वाधार बिकास निर्माण गर्दा मासिएको बनको उचित क्षतिपूर्ति दिनुपर्ने, सामुदायिक वन दिवस मनाउनु पर्ने लगायतका बुदा घोषणापत्रमा समेटिएको महासचिव भारती पाठकले बताउनुभयो ।
‘समुदायमा बैठक बसेर महत्वपूर्ण निर्णय लिने चलन अनुसार यस पटक लेखनाथ आएका हौ,’ निर्णय सार्वजनिकका लागि आयोजित पत्रकार सम्मेलनमा आइतवार महासंघकी महासचिव पाठकले भन्नुभयो, ‘अहिले विभिन्न बहानामा राज्यले नै सामुदायिक वनमाथि धावा बोल्न लागेको छ, त्यसविरुद्ध संगठित हुनेछौ ।’
मुलुक संघियतामा गएपछि महासंघको सांगठनिक संरचना पनि संघियता अनुरुप पुनर्सरचना गरिने उहाँले बताउनुभयो ।जैविक विविधता सम्पन्न सामुदायिक बनको अस्तित्व नै समाप्त गरी सरकारी र निजी चिडियाखाना स्थापना गर्ने नाममा अगाडि बढाइएका प्रक्रियाहरु तत्काल रोकी सामुदायिक चिडियाखानाको अभियानलाई सहयोग गर्न नेपाल सरकार र सबै सरोकारवाला निकायलाई आग्रह महासंघले गरेको छ। समुदायको नेतृत्व बाहेक अरुलाई स्वीर्कान नसकिने भन्दै महासंघले संस्थालाई चिडियाखाना संचालन गर्न दिन खोजिएको भन्दै त्यसको विरोध गरेको छ।
सरकारले बैज्ञानिक वन व्यवस्थापनको नाममा राजश्व संकलन, नाफामुखी अवधारणमा आधारित पद्धति लाद्न सुरु गरेकोले यसबाट उपभोक्ता समुहको स्वायत्तता, सामुहिक निर्णय प्रक्रिया, जैविक विविधताको संरक्षण र दिगो आपूर्तिमा अवरोध गर्ने भएकोले सामुदायिक बनमा हस्तक्षेप गर्ने कार्य रोक्नका लागि बैठकले आव्हान गरेको छ ।पत्रकार सम्मेलनमा महासंघका सचिवालय सदस्य ठाकुर भण्डारी र कास्कीका अध्यक्ष कालिदास सुवेदीले पनि बोल्नुभएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution