पोखरा, २० पौष –
“जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ” भन्ने मान्यताका साथ स्थापना भएको मुक्तिनाथ विकास बैंक लिमिटेड पौष १९ गते नवौं वर्ष पुरा गरी दशौं वर्षमा प्रवेश गरेको छ ।
सोही अवसरमा बैंकले पोखरा उपमहानगरपालिका भित्र रहेका सामुदायिक माध्यामिक विद्यालयका विद्यार्थीहरु बिच “विद्यार्थीको लागि वित्तीय साक्षरता, आजको आवश्यकता” विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
उक्त प्रतियोगितामा सहभागी १९ विद्यालयका विद्यार्थीहरु मध्ये जनप्रिय उच्च.मा.विका विद्यार्थी मनोज अर्याल प्रथम, बाराही उच्च मा.विका विद्यार्थी अन्जु दहाल द्धितिय, जनजागृति उच्च मा.विका विद्यार्थी धिरज थापा तृतिय, गौरी शंकर उच्च मा.विका विद्यार्थी सरिता अधिकारी र शान्त उच्च मा.विका विद्यार्थी सरोज बराल सान्त्वना स्थान हासिल गर्नुभएको थियो । बैंकले प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान हासिल गर्ने बिद्यार्थीहरुलाई क्रमश नगद रु. १०,०००, ७,५००, ५,०००, २,५००, प्रमाण पत्र र मेडल सहितको पुरस्कार प्रदाग गरेको थियो ।
उक्त प्रतियोगिताको निर्णयाक मण्डलमा जिल्ला शिक्षा कार्यलय कास्कीका सहायक जिसिअ दिपेन्द्र ढकाल, कवि तथा गितकार दुर्गाबहादुर शाह “बाबा” र पृथ्वीनारयण क्याम्पसका सह प्राध्यपक बुद्धि सागर बराल रहनुभएको थियो । उक्त कार्यक्रमको उद्धेश्य तथा महत्व माथि बैंकका प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालले प्रकाश पार्नु भएको थियो ।
बैंकले यसै अवसरमा वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यार्थी मनोज अर्यालबाट आधुनिक बैकिङ्ग तर्फ इन्टरनेट बैंकिङ्ग सेवाको उद्घाटन गराई थप नयां सेवा विस्तार गरेको छ । जसबाट ग्राहकहरुले इन्टरनेट मार्फत बैंकिङ्ग कारोबार गर्न सक्ने बताइएको छ ।
यसै गरी बैंकको वार्षिककोत्सबको अवसरमा बैंकको कर्मचारी प्रेम थापा र प्रकाश अर्याल लगायत शाखा कार्यालय गगनगौडा र बुढिबजारको कर्मचारीहरुको सहभागितामा लेखनाथ नगरपालिका वडा नं १३ स्थित राधाकृष्ण बृद्धाश्रममा रहेका करीव ५० जना बृद्धबृद्धाहरुलाई खाद्यान्न सामग्री समेत प्रदान गर्नुका साथै बैकको लघुवित्त कार्यक्रममा आवद्ध ७० जना महिला सदस्यलाई स्वउद्यमी र स्वरोजगारी बनाउन सावुन बनाउने तालिम समेत प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बताए ।
ग्राहकहरुलाई समय अनुसारको गुणस्तरीय बैकिङ्ग सेवा उपलब्ध गराउनु, संस्थागत अनुशासनलाई सर्वोपरि ठानी कार्य गर्नु र लगानीकर्ताहरुलाई उचित प्रतिफल दिनुपर्छ भन्ने मान्यताका साथ कार्य गरी यस विकास बैकलाई आगामी दिनमा नेपालको बैक तथा वित्तीय क्षेत्रमा एक सवल, सक्षम, अग्रणी वित्तीय संस्थाको रुपमा स्थापित गर्ने प्रमुख कार्यकारी अधिकृत ढकालले जानकारी गराउनु भयो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution