पोखरा, २० पौष –
उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले देशको संविधान फेरे मुलुकको भविश्य नै संकटमा पर्ने बताएका छन ।
पोखरामा सोमबार आयोजना भएको नेपालको संविधान जनताको संविधान, जनताको संविधान, जनताको माझमा राष्ट्रव्यापी प्रचार अभियान कार्यक्रमको उद्घाटन गर्दै उपप्रधानमन्त्री थापाले देशमा अराजक मच्चाउन खोज्ने केहि तत्वहरुले संविधान फेर्न दवाव दिएकोले यसमा सरकारले संवैधानिक बाटोबाट सम्वोधन गर्नु पर्ने अन्यथा देशको भविश्यनै संकटनमा पर्ने उनले दाबी गरेका हुन ।
उनले मधेषमा उठेका कतिपय मागहरु पुरा भएको त केहि पुरा गर्ने तयारीमा संविधान सम्सोधन गर्न सरकार लागेको बताए । कतिपय मागलाई सहमतिको आधारा पुरा गर्न सरकार कटिवद्ध भएको बताउदै उनले भने “मधेष आन्दोलनमा केहि अतिवादी शक्तिहरुले आन्दोलनलाई अनावश्यक तन्काएर, राष्ट्रलाई विथोल्ने र त्यसबाट आफुहरुले फाईदा उठाउन खोजेको हुदा देश र जनताको हितको लागि संवैधानिक बाटोबाट राष्ट्र निमार्णमा सवै लाग्नुको विकल्प छैन, अन्यथा आन्दोलनलाई सम्वोधन गर्ने नाममा संविधान फेर्ने काम भए देशको भविश्व नै संकटमा पर्छ ।
प्रजातान्त्रीक र संवैधानिक ढंगले जनताको माग सम्वोधन गर्न सरकार कटिवद्ध भएको बताउदै उपप्रधानमन्त्री थापाले जनताको विश्वास जित्ने शक्तिले सडक आन्दोलन र बन्दुकको आन्दोलनबाट कुनै पनि माग पुरा नहुने दाबी गरे । उनले भने “पहिला हामीले संविधानको विरोध गर्यौं, तर धेरै हामीजस्ता पार्टी तथा जनतालाई समेटिएको संविधान आयो त्यसलाई अब हामी सवै मिलेर कान्वयन गर्नु ठुलो चुनौती आएको छ । ”नेपालको संविधान विश्वकै उत्कृष्ट मध्यको एक एको दाबी गरेका थापाले संविधान भनेको जिवन्त र गतिशिल भएकोले कुनै माग सम्वोधन गर्न परे पुनः समेट्न सकिने बताए । उनले भने “अस्थीर राजनीतिले गर्दा हामी २० बर्ष पछि परेका छौं, अव अविलम्व नगरीकन आर्थिक समृद्ध, आर्थिक विकास गरी देशलाई नयाँ चरणमा पुराउनु पर्दछ ।” अवको प्रतिष्प्रर्धा विकासको लागि, आर्थिक समृद्धि र सुसासनको लागि हुनु पर्ने उनको जोड थियो । उनले भने “हाम्रो हठको कारणले गर्दा आज हाम्रो अर्थतन्त्र दिनानुदिन खस्कदो छ, भूकम्पले थलिएको यो मुलुकमा भारतको नाकावन्दीले झनै प्रभावित पार्यो ।”
विश्वका शक्तिशालि मुलुक चिन र भारतको विचमा रहेको नेपालले पनि अब आर्थिक विकासमा लाग्नु पर्ने उनले बताए । व्यावस्थापिका सम्सद विकास समितिका सभापति रविन्द्र अधिकारीले नेपालको संविधान शान्तिको दस्तावेज समेत भएकोले यसलाई कान्वयन गर्न सवै लाग्नु पर्ने बताए । नयाँ संविधान पछि ९ हजार जनाले अंगिकृत नागरीकता लिएको बताउदै अधिकारीले सवै नेपालीले नागरीकता पाउने र विदेशीले कुनै पनि हालतमा नागरीकता नपाउने उनले दाबी गरे ।
पोखरा उपमहानगरपालीका कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा साम्सदहरु यज्ञ बहादुर थापा, शारदा पौडेल, सिता गिरी ओली, एमाओबादी कास्कीका अध्यक्ष दिपक कोईराला , राप्रपा नेपालका महामन्त्री डा. धावल शम्शेर राणा, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, कास्कीका स्थानीय विकास अधिकारी रामचन्द्र तिवारी लगायतले जारी संविधानलाई कान्वयन गर्न सवैको साथ र सहयोग आवश्यक भएकोमा जोड दिएका थिए । देशका जिल्ला जिल्लामा सुरु भएको उक्त प्रचार अभियान सोमबार पोखरा सभागृह हलमा भएको हो । कार्यक्रममा महिलाहरु उल्लेखनिय रुपमा सहभागि भएका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution