पोखरा, २० पौष –
स्वास्थ्य तथा जनसङख्या मन्त्री रामजनम चौधरीले पोखरामा स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थापना हुनको लागि अब कसैले राजनीति नगर्न आग्रह गरे । पश्चिमाञ्चल क्षेत्रिय अस्पताललाई सरकारले स्वास्थ्य बिज्ञान प्रतिष्ठान बनाउने घोषणा गरे पछि अब यसलाई सार्थक बनाउन कसैले राजनीति गर्न नहुने मन्त्री चौधरीले पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन ।
कागेंस, एमाले, एमाओबादी लगायतका दलहरुको कारणले प्रतिष्ठान निमार्णको लागि अघि बढे पनि आफ्नो पालमा त्यसलाई पुरा गराएको मधेसी जनअधिकार फोरम नेपाल ( लोकतान्त्रीक) जिल्ला कार्य समिति, कास्कीले सोमबार पोखरामा आयोजान गरेको अस्पताल निरिक्षण तथा समसामयिक राजनीतिक बिषयमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै बताएका हुन । उनले अब छिट्टै जनताको स्वास्थ्यमा पहुच पुराउने गरी प्रतिष्ठान स्थापना गर्न सवै लाग्नु पर्ने उनले बताए ।
पश्चिमाञ्चल क्षत्रिय अस्पतालमा विगत एक बर्ष देखि विग्रेर थन्केको सिटि स्क्यान एक महिना भित्र तत्काल मर्मत भए मर्मत गर्ने अन्यथा ४० दिन भित्रमा टेण्डर प्रकृयाबाट भए पनि सिटि स्क्यान ल्याउन मन्त्री चौधरीले निर्देशन दिएका छन । उनले भने “सरकारी हस्पतालमा सिटि स्क्यान गर्दा २ हजारमा हुन्छ भने त्यही सिटि स्क्यान निजीमा गर्दा ५ हजारसम्म शुल्क लाग्छ । ” त्यसै गरी एमआरआई मेसिन समेत अस्पतालमा ल्याउन निर्देशन दिएका मन्त्री चौधरीले अत्यावसेक सामानहरु ल्याउनको लागि आवश्यक रकम जुटाउन आफु लाग्ने बताए । स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थापनाको योजना बनाउन मात्र पहिलो चरणमा ५० लाख प्राप्त भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीकृष्ण श्रेष्ठले बताए । प्रतिष्ठान स्थापना हुने वित्तिकै कर्मचारी नियुत्ति गर्न राजनीतिक दलहरुको चलखेल सुरु भएको बताईन्छ । उनले राजनैतिक रुपमा उठेको मधेस आन्दोलनलाई राजनीतिक रुपमै हल गर्नु पर्ने बताए । सिमाङकनको बिषयलाई राजनैतिक समेन्त्रले केहि समय सिमा तोकेर टुंगाउनु पर्ने बताउदै मन्त्री चौधरीले मधेषि दलहरुसंग सरकारले वार्ता गर्न अन्तिम चरणमा पुगेको जनाए । मन्त्री हुदा पहिला मधेष आन्दोलनको तर्फबाट वार्ता टोलीका सदस्य रहेका मन्त्री चौधरी हाल सरकारी समेन्त्रबाट वार्ता टोलीका सदस्य समेत रहेका छन । उनले भने “अब मधेष आन्दोलन धेरै दिन चल्दैन केहि दिन भित्रमै हामीले टुंगाउने तयारीमा छौं ।”
पत्रकार सम्मेलन फोरम कास्कीका अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution