नेष्डो नेपालको ४९औं शाखाले ३ हजार ७ सय विपन्नलाई सेवा दिने

गोरखा, २० पौष –

नेष्डो सुचना विभाग-राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको कार्यक्रम परिचय तथा सेवा विस्तार अभियान अन्र्तगत गोरखा जिल्लाको घ्यालचोक गाविस, वडा नं. ९ सिउरीनटारमा ४९औं शाखाको रुपमा घ्याल्चोक सोमवार देखि शुभारम्भ भएको छ । लघुवित्त संघ, मिफान नेपालका राष्ट्रिय उपाध्यक्ष एवम् नेष्डो नेपालका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईले सम्वृद्धीको दिप प्रज्वलन गरी एक औपचारिक समारोहका विच उक्त नयाँ शाखाको शुभारम्भ गर्नु भएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara

nesdo 3

यस पुर्व संस्थाले गोरखामा गोरखा नगरपालिका र ठाँटीपोखरी गरी स्थानमा शाखा खोली लघु वित्तीय सेवा प्रवाह गर्दै आएको छ । हाल शुभारम्भ भएको घ्याल्चोक शाखाले गोरखा जिल्लाको घ्याल्चोक, भुम्लीचोक, दरवुङ्ग र फुजेल एवम् धादिङ्ग जिल्लाको जोखिमारा, घुसा, वेनीघाट, आदमघाट र वैरेनी गरी दुवै जिल्लाका ९ गाविसका ३ हजार ७ सय विपन्न परिवारलाई वित्तीय सेवा दिने लक्ष्य राखेको छ ।

nesdo 1

शाखा शुभारम्भ कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथि विश्व प्रकाश प्रसाईले नेपालमा गरिवी रहेसम्म गरिवी विरुद्धको संस्थाको अभियान निरन्तर जारी रहने वताउदै विपन्न परिवारको आर्थिक सामाजिक विकासको लागि संस्थाले घरदैलोमा आर्कषक वचत योजना, सुलभ कर्जा सेवाका साथमा दर्जनौ कल्याणकारी सुविधा लिएर आएको वताउनु भयो । देशमा लघुवित्त सेवाको उपलव्धता सघन रुपमा भएता पनि गरिवमुखी नविनतम सेवासुविधाको लागि नेष्डो नेपालको उपस्थिती र क्रियाशिलता जरुरी रहेको उहाँले वताउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेस धादिङ्गका जिल्ला सदस्य देवी प्रसाद सिलवालले संस्थाको सेवा सुविधाहरु सवै राजनीतिक दल र राज्यका निकायहरुले अनुशरण गर्नु पर्ने रहेको भन्दै नयाँ नेपाल निर्माणको लागि भाषण भन्दा सानो भए पनि रचनात्मक कार्य गर्नु पर्नेमा जोड दिन भयो । यसैगरी ने.क.पा. एमाले धादिङ्गका जिल्ला सल्लाहकार इश्वर श्रेष्ठले वेनीघाट क्षेत्रमा दर्जनौ लघु वित्त संस्थाहरु क्रियाशिल रहेको भएता पनि यसरी राजनीतिक दल र सरोकारवाला संघसंस्थाहरुलाई कार्यक्रम प्रस्तुत गरी सेवा शुभारम्भ गर्नेे नेष्डो नेपाल पहिलो संस्था भएको वताउनु हुँदै संस्थाको सेवाहरु अति गरिवमुखी भएकाले यस क्षेत्रमा अग्रणी वन्ने वताउनु भयो । यसरी गरी कार्यक्रममा एकिकृत नेकपा माओवादी, गोरखाका प्रतिनिधी सन्तोष के.सी.ले राजनीतिक तथा गैर राजनीतिक क्षेत्रको वोलाई र गराईमा फरक हुने गरेको भन्दै नेष्डो नेपालको कार्य प्रक्रियाको विश्लेषण गर्दा नीति अनुसार प्रभावकारी काम हुनेमा आँफु विश्वास्त रहेको वताउनु भयो । संस्थाले राष्ट्रिय स्वधिनता र आर्थिक आत्मानिर्भरताको लागि सदा क्रियाशिल रहन उहाँले अनुरोध गर्नु भयो । कार्यक्रममा वाईसिएल धादिङ्गका अध्यक्ष चन्द्र वहादुर सिलवालले संस्थाले दिने सेवामा गरिव, महिला र वन्चितीमा परेको वर्ग पहिलो प्राथमिकतमा रहनु सह्रानीय रहेको वताउदै आफ्नो संगठनको तर्फवाट जुनसुकै सहयोग गर्न तयार रहेको वताउनु भयो । कार्यक्रममा संस्थाका आन्तरीक लेखा परिक्षण प्रमुख वद्री प्रसाद मिश्र, लघु वित्त अधिकृत नारायण प्रसाई, चित्र नि.मा.वि. सिउरीनटारका प्रधानध्यापक लव वहादुर भुजेल, नेष्डो नेपाल गोरखा शाखाका प्रवन्धक अमृत खनाल, मुग्लिङ्ग शाखाका प्रवन्धक ध्रुव पौडेल लगायतले लघु वित्त सेवाले अति गरिव परिवारमा वित्तीय पँहुच अभिवृद्धि गरी आर्थिक सामाजिक विकासमा टेवा पु¥याएको धारणा राख्नु भएको थियो । कार्यक्रममा चित्रकला बाल क्लवका कलाकारहरुले विभिन्न सास्कृतिक प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम संस्थाको घ्याल्चोक शाखाका प्रवन्धक मिन वहादुर पुलामीको अध्यक्षता, लघु वित्त सेवा विभागका प्रमुख विश्ववन्धु प्रसाईको स्वागत, केन्द्र प्रवन्धक अस्मिता तिमिल्सिनाको संस्थागत प्रतिज्ञा एवम् मानव विकास अधिकृत इश्वरी प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button