पोखरा, २० पौष –
कास्की ढिकुरपोखरी ७ स्थित मराउँचे सामूदायिक वनलाई सोमवार एक कार्यक्रमका बीच भान्छा भित्रको खुल्ला धुवाँमुक्त वन घोषणा गरिएको छ ।
वन क्षेत्रका सम्पूर्ण उपभोक्ताले सुधारिएको चुल्हो निर्माण सम्पन्न गरेसँगै सोमवार एक कार्यक्रमको आयोजना गरी सामूदायिक वन उपभोक्ता महासंघ कास्कीका अध्यक्ष कालीदास सुबेदीले सो वनलाई भान्छा भित्रको खुल्ला धुवाँमुक्त वन घोषित गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुवेदीले सुधारिएको चुल्होको महत्वमाथि चर्चा गर्दै यस किसिमको चुल्होको प्रयोगबाट ४० प्रतिशत दाउरामा कमी आउने बताए । उनले भने दाउरा कम लाग्ने भएपछि कम धुबाँ निस्कने भयो, जसबाट प्रदुषणमा कमी आउँछ र ग्रिहिणीको स्वास्थ्यमा पनि फाइदाजनक हुन्छ । सुवेदीले वार्षिक रु. ५० हजारभन्दा कम आम्दानी हुने सामूदायिक वनहरुले आन्तरिक रुपमा लेखापरिक्षण गरेमात्रै हुने पनि सो अवसरमा जानकारी गराएका थिए ।
त्यस्तै कार्यक्रममा सामूदायिक वन उपभोक्ता महासंघ कास्कीका कोषाध्यक्ष लक्ष्मी सुबेदी अधिकारीले जिल्लाभर कुल ४ सय ७५ सामूदायिक वन रहेको जानकारी दिदै उपभोक्ताको जीविकोपार्जन सुधार कार्यक्रम अन्र्तगत सुधारिएको चुल्हो निर्माण गरिने बताइन् । उनले अब मराउँचेका बासिन्दाहरु बाख्रापालन र अलैची खेती तर्फ लाग्नुपर्ने सुझाव समेत दिइन् ।
कार्यक्रममा बोल्दै सामूदायिक वन उपभोक्ता महासंघ कास्कीका बैकल्पीक उर्जा संयोजक मोहनराज न्यौपानेले मराउँचे वनमा विगत वर्षमै यस किसिमको कार्यक्रम भइसक्नुपर्ने भएपनि ढिलै भएपनि वनले उदाहरणीय कार्य गरेको बताए ।
सो अवसरमा आफ्ना धारणा राख्दै पत्रकार श्रीभद्र पौडेलले सामूदायिक वनले बार्षिक रुपमा सार्वजनिक सुनुवाई, सुशासन आंकलन, उपभोक्ताको सम्पन्नता स्तरीकरण देखी वन विकास मार्गदर्शन २०६५ को अभिमुखीकरण जस्ता कार्यक्रम नियमित रुपमा गर्दै जानुपर्नेमा जोड दिए ।
कार्यक्रममा वन रक्षक थानेश्वर पौडेल, चुल्हो प्राविधिक गगांप्रसाद रिजाल, स्थानिय बालज्योति प्राविका प्र.अ राजकुमार कुवँर, समाजसेवी डिल्लीराम पौडेल, समाजसेवी भरतराज अधिकारी, तारे पहरो डम्ठी सामूदायिक वनका अध्यक्ष सुर्य दाहाल, प्रगतिशील कृषि उत्पादक सहकारीका अध्यक्ष गोविन्दप्रसाद पौडेल, काँडे पहिरो सामूदायिक वनका अध्यक्ष गुञ्जमान गुरुङ, ल्होसेपाखा रानीवनका उपाध्यक्ष सुरनाथ अधिकारी, वनपाले सामूदायिक वनका अध्यक्ष टीकाराम पौडेल, मराउँचे वनका सचिव बलराम पौडेल, चुल्हो प्रयोगकर्ताको तर्फबाट हरिमाया पौडेल लगायतले आ– आफ्नो धारणा राखेका थिए ।
वनका अध्यक्ष देव गिरीको अध्यक्षतामा भएको सो कार्यक्रममा चुल्हो निर्माण समितिकी सचिव पार्वती पौडेलले स्वागत एवम् चुल्हो निर्माण समितिका अध्यक्ष रेवती अधिकारीले कार्यक्रम संचालन गरेकी थिइन् । कास्कीमा अर्मला र भलामलाई भान्छा भित्रको खुल्ला धुबाँमुक्त क्षेत्र धोषणा गरिसकिएको छ भने ढिकुरपोखरी गाविसलाई पनि अब चाडै नै भान्छा भित्रको खुल्ला धुबाँमुक्त क्षेत्र घोषणा गर्ने तयारी गरिएको जनाइएको छ ।तस्विर पनि छ है ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution