लायन्स क्लवद्वारा राहतकोलागि “एक ब्यक्ति एक न्यानो कपडा” अभियान सञ्चालन

  • पोखरा न्यूज
  • २०७२ पौष २१
लायन्स क्लवद्वारा राहतकोलागि “एक ब्यक्ति एक न्यानो कपडा” अभियान सञ्चालन

पोखरा, २१ पौष –

बैशाख १२ को महाभूकम्पले घरपरिवार र सम्पत्ती गुमाएका सर्वसाधारणको दिनप्रतिदिन बड्दो चिसो मौसमका कारण थपपीडा बढ्न थालेपछि लायन्स क्लव अफ ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ ले राहतकोलागि “एक ब्यक्ति एक न्यानो कपडा” अभियान सञ्चालन गरेको छ ।

डिष्ट्रिक अन्तरगत रहेका २ सय ९ वटा क्लवमा आबद्ध करिव ६ हजार २ सय लायन्स सदस्य तथा अन्य समाजसेवीहरुले समेत जाडो मौसममा प्रयोग गर्नकोलागि भूकम्पपीडितलाई सिरक, डसिना,ल्बाङकेट, र जाडोमा प्रयोग गर्ने न्यानो अन्य कपडाहरु प्रदान गर्ने भएका हुन ।

बढ्दो जाडोका कारण भूकम्पपीडितहरुको मृत्यु भएका समाचार सार्वजनिक भएपछि बिश्वको सवै भन्दाठूलो मानविय सेवा गर्ने सामाजिक संस्था लायन्स ३२५ बी १ नेपालका डिष्ट्रक गभर्नर धुर्व थापाले आफ्नो डिष्ट्रिक मातहतका क्लवका सदस्यहरु र समाजका अन्य गैरलायन्स ब्याक्तिहरुलाई समेत यस अभियानमा सहभागि भई जीवन र मृत्युको दोसाँधमा रहेका पीडितलाई खुल्ला हृदयले सहयोग गर्न आग्रह गरेको बताए ।

‘भूकम्पले घर भक्तिएर आफ्नो सम्पुर्ण भएका लक्ता कपडा ,खाद्यान्न, र सम्पक्ति समेत गुमे संगै खुल्ला आकास मुनि बसेका सर्वसाधारणहरुको जाडो मौसमका कारण मृत्यु हुन थालेपछि मानबिय भावनाले सहयोग गर्न लायन्सहरुलाई आग्रह गरेका छौ’ गभर्नर थापाले भने । ‘हामीले पीडितको सहयोगकालागि आग्रह गरेको तीन दिनमै ३५ लाख मुल्य बरावरको राहत सामाग्रीहरु संकलन भई सकेको छ,नेपालका भूकम्प प्रभावित जिल्लाहरुमा स्वयं हामी आफै पुगेर संकलित सामाग्री पीडितको हातमै बितरण गछौ’उनले भने ।

अभियान सञ्चालन गरिएको छोटो समयमानै गण्डकी, धौलागिरि र बागमती अञ्चलबाट संकलित सामाग्री संकलनको क्रम संगै प्रभावित क्षेत्र धादिङ्ग र नुवाकोट जिल्लाका पीडितलाई स्वयं लायन्सहरु आफै उपस्थित भएर बितरण समेत गरिएको गभर्नर थापाले बताए ।

लायन्स डिष्ट्रिकद्वारा चिसोबाट प्रताडित भुकम्प पीडितहरुका लागि न्यानो लुगा संकलन कार्यक्रम अन्तर्गत “एक ब्यक्ति एक न्यानो कपडा” अभियान अत्यन्त उत्साहजनक रुपमा अघि बढिरहेको डिष्ट्रिकका क्याविनेट सेक्रेटरी बिशेश्वर आचार्यले बताए ।‘डिष्ट्रिकले पीडामा तड्पीएका नागरिककोलागि उपलब्ध गराउन थालेको न्यानो कपडा संकलन अभियानमा लायन्स ,समाजसेवी र उद्योगिहरुले समेत खुल्ला हृदयले सहयोग गरेका छन,यस अभियानलाई शसक्त र प्रभावकारी बनाउन बागमती, धौलागिरि र गण्डकी अञ्चलमा संयोजक तोकेर अभियानलाई अगाडी बढाएका छौ’ उनले भने ।

आचार्यका अनुसार पोखराका समाजसेवी एवं उद्योगि केपी श्रेष्ठले ५० हजार रुपैयाँको ब्लाङकेट उपलब्ध गराएका छन भने नोवल एकेडमी पोखराका अध्यक्ष सीता लामिछानेले १५ हजार रुपैयाँ र गण्डकी गुरुपका अध्यक्ष हरिश्वर पोखरेलबाट १० हजार रुपैयाको न्यानो कपडा प्राप्त भएको छ ।

जाडोयामको बढ्दो चिसो संगै पीडितहरुको दैनिकी कष्टकर बन्दै गएपछि लायन्स डिष्ट्रिकले थालेको न्यानो कपडा संकलन अभियानको छोटो समयमानै स्वत स्फुर्त रुपमा लायन्स तथा समाजका समाजसेवी र उद्योगीबाट राहत स्वरुप सहयोग प्राप्त हुन थालेको यस अभियानका गण्डकी संयोजक एवं रिजन चियर पर्सन दुर्गा हुमागाईले बताए ।

‘सामाजिक सञ्जालबाट हामीले थालेको यस अभियानले स्वतस्फुर्तरुपमा राहतस्वरुपको न्यानो कपडा संकलन कार्य अगाडि बढिरहेको छ ,अझै दुर्त तुल्याउन क्लवहरुलाई बिषेश आग्रहगरी अभियानलाई प्रभावकारी तुल्याउँछौ’ उनले भने ।

यस अभियानलाई प्रभावकारी तुल्याउन डिष्ट्रिकले बागमती अञ्चलमा मनबहादुर रोका र उदय नेपाललाई संयोजक तोकेको छ भने गण्डकीमा दुर्गा प्रसाद हुमागाई र एकनारायण ढकाललाई संयोजक तोकेको छ त्यसैगरि धौलागिरिमा चन्द्र कुमार केसीलाई संयोजक तोकेर अभियानलाई थप प्रभाकारीरुपमा अगाडि बढाएको जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस