पोखरा, २१ पौष –
विग आईकनको यो सिजन अन्तरगत छैठौँ चरणको अडिसनमा ३६ जनाले ‘ईन्ट्रि’ पाएका छन् । मंगलबार भएको पाँचौ चरणको अडिसनमार्फत उनीहरुले अघिल्लो चरणको लागि कार्ड पाएका हुन् । पाँचौ सँस्करणको अडिसनमा ४२ जना प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए ।
एफएमले दिएको जानकारी अनुसार छैठौँ चरणको अडिसन आगामी शुक्रबार हुनेछ । न्यूरोडस्थित स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बारमा विहान ९ बजेदेखि अडिसन शुरु हुने एफएमका कार्यक्रम सँयोजक संजोग बस्यालले जानकारी दिए । सातौँ चरणको अडिसनदेखि प्रतिस्पर्धीहरुले ‘पियानो’मा गीत गाउनुपर्नेछ । विग आईकनको यो सिजनमा ४२ जिल्लाका कुल ९ सय ३ जनाले सहभागिता जनाएका थिए ।
छैठौँ विग आईकनको निर्णायकहरुमा श्यामसुङ तामाङ, कर्ण दास, विवेक श्रेष्ठ, विनोद बानियाँ र सुनील थापा रहेका छन् ।
छैटौं संस्करणको बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।
छैटौ संस्करणको बिग आइकनमा हालसम्म टाइटल स्पोन्सरको रुपमा सामसुङ्ग मोबाइल, सबटाइटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्टस्, प्रोमोटेड बाई टाइटलमा द ब्रिटिस कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, सब–स्पोन्सरमा पिपल डाली मसाला, पोखरा सिने प्लेक्स र मिलिजुली डेकोरेशन रहेका छन् ।
त्यस्तै सर्पोर्टेड बाई टाइटलमा एब्स्ट्रायाक्ट एजुकेशन नेटवर्क, पार्वड बाई टाइटलमा जिङ्ग अल्ट्रा प्रीमियम भोड्का, टेलिभिजन मिडिया पार्टनरमा एभिन्युज टेलिभिजन र कान्तिपुर साप्ताहिक, समाधान दैनिक, अन लाइन पार्टनरमा जक्शन डटकम, म्यागाजिन पार्टनरमा यस म्यागाजिन, होटल पार्टनरमा होटल बाराही, भेन्यु तथा रेष्टुरेण्ट पार्टनरमा स्काई टच रेष्टुरेण्ट, बैंकिङ् पार्टनरमा गरिमा विकास बैक र ट्राभल पार्टनरमा जिरो प्वाइन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution