वार्षिकउत्सवको अवसरमा वेद विद्याश्रमलाई अक्षयकोष

पोखरा, २१ पौष –
कोन सामुदायीक बचत तथा ऋण सहकारी संस्था लिमीटेड पोखरा–१३, द्धारा १७ औं वार्षिकोत्सवको अवसरमा आज अक्षयकोष स्थापना गरिएको छ ।

पोखरा चिसाखोला वेद विद्याश्रम पोखरा–२६, चिसाखोला आश्रमलाई अक्षयकोष स्वरुप एक लाख एक हजार एक सय पन्ध्र रुपैया रकम हस्तान्तरण गरिएको हो । विद्याश्रम संचाल गर्न सहोग पुर्याउने उद्धेश्यका साथ कोन सामुदायीक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शरद्कान्त सिग्देलद्धारा विद्याश्रमका संरक्षक अग्निहोत्रृ पं. केदारनाथ उपाध्यायलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।कार्यक्रममा बोल्दै कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शरद्कान्त सिग्देलले ‘यस्तो तपोभूमिमा आएर दान दिन पाउनुमा आफूहरु धन्य रहेको बताउनुभयो । साथै आगामि दिनमा यस्ता सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । सहकारीका लेखा प्रमुख ज्ञानेन्द्र प्रसाद सिग्देलले यस्तो कार्यक्रम लिएर आउन पाएकोमा आफू खुसि भएको बताउनुभयो । कार्यक्रममा बोल्दै विद्याश्रमका मानार्थ प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनाले वेद विद्याश्रमको गतिविधिका बारेमा बताउँदै सहयोगि संस्थालाई धन्यबाद व्यक्त गर्नुभयो ।

स्वागत मन्तव्य शिक्षक यमप्रसाद तिमिल्सिनाले राख्नुभएको उक्त कार्यक्रम संचालन वेद विद्याश्रम कार्य समितिका सचिव गंगासागर उपाध्यायले गर्नु भएको थियो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button