बगर भाइखलक एट ए साइड भेट्रान फुटवलमा २४ टीमले सहभागीता जनाउने

पोखरा, २१ पौष –

पांचौ एस ओ एस बगर भाइखलक एट ए साइड भेट्रान फुटवल प्रतियोगितामा नेपालभरका २४ टीमले सहभागीता जनाउने भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

बगर भाइखलकले आगामी पुस २४ देखि २८ गते सम्म पोखराको पुुरानो टुडिखेल आयोजना गर्न लागेको पांचौ संस्करणको एट ए साइड भेट्रान फुटवल प्रतियोगितामा २४ टीमले सहभागीता जनाउने र प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको हो ।

प्रतियोगितामा काठमाण्डौको ८, बिरगन्जको २, हेटौडाको २, चितवनको १ , बुटवलको १ र पोखराको १० टीम गरी २४ टीमले भाग लिने बगर भाइखलकका अध्यक्ष दिल वहादुर गुरुङले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टीमलाई ४४ हजार ४ सय ४४ र द्धितिय हुने टीमलाई ३३ हजार ३ सय ३३ नगद, शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

स्वास्थ्यको लागी एक घण्टा ब्याम, पूर्व खेलाडीको लागी सहयोग भन्ने मूल नाराका साथ आयोजना हुन लागेको पांचौ संस्करणको प्रतियोगितामा ३० को दशकमा फुटवल क्लव स्थापना गरी फुटवल खेलको विकासमा विशेष योगदान पुरयाएको भन्दै पोखरा दीप १६ निवासी पूर्व खेलाडी इन्द्र गौचनलाई सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको पांचौ संस्करण सम्म आइपुग्दा ए.बि.सी क्लव अमरसिंहले ह्याट्रिक गरेको छभने गतवर्ष सिभिल मल एम.वाइ.सी. काठमाण्डौले उपाधी कब्जा गरिसकेको छ । ४० वर्ष माथीको भेट्रान फुटवल ब्यवस्थित रुपमा खेलाइएको यो प्रतियोगिता नेपालकै पहिलो र हाल आएर यो प्रतियोगिता अधिराज्यब्यापी राष्ट्रिय स्तरको आकार ग्रहण गर्न सफल भएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button