खुल्ला एकल नृत्य प्रतियोगिता पोखरा तारा २ हुने

  • पोखरा न्यूज
  • २०७२ पौष २१
Post Thumbnail

पोखरा, २१ पौष –

युनाइटेड क्लव पोखराले आयोजना गर्न लागेको छैठौ संस्करणको पोखरा महोत्सवमा दोश्रो संस्करणको खुल्ला एकल नृत्य प्रतियोगिता पोखरा तारा २ को आयोजना गरिने भएको छ । नेपाली संस्कृतिलाई उजागर गर्दै नया प्रतिभाको खोजीका लागी उक्त प्रतियोगिताको आयोजना गर्न लागेको प्रतियोगिता संयोजक सुरज थापा मगरले जानकारी दिए ।

विशुद्ध नेपाली संस्कृति र आधुनिक ढंगको नृत्य हुनुपर्ने उक्त प्रतियोगितामा प्रथम हुनेलाई पोखराको ताराको उपाधी सहित ५० हजार नगद, र म्युजिक भिडियो खेल्ने अवसर प्रदान गरिने छभने द्धितिय हुनेलाई २५ हजार नगद र म्युजिक भिडियो खेल्ने अवसर प्रदान गरिने समेत संयोजक थापाले जानकारी दिए ।

प्रतियोगितामा सान्तवनाहुनेलाई नगद ५ हजार सहित आकर्षण पुरस्कार प्रदान गरिने भएको छ । स्मरण रहेको छैठौ संस्करणको पोखरा महोत्सव पुस ३० देखि माघ १० सम्म पोखराको अमरसिंह चौरमा हुनैछ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस