चैत सम्ममा नयाँ शक्तिलाई पार्टीको रुप दिने भट्टराईको योजना

पोखरा, २२ पौष –

नयाँ शक्ति निर्माण अभियानका संयोजक डाक्टर बाबुराम भट्टराईले मधेशी मोर्चाले राखेका मागहरुलाई प्याकेजमै सम्वोधन गर्नुपर्ने बताउनुभएको छ।‘सहमति अंश-अंशमा गरेर हुँदैन,’उहाँले भन्नुभयो,‘ दिगो शान्ति स्थापनाको लागि झगडाको विउ राख्नु हुँदैन, त्यसले प्याकेजमै सहमति खोजिनु पर्दछ ।’

नयाँ शक्ति निर्माण प्रचार अभियान कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा, पुर्व प्रधानमन्त्री समेत रहनुभएको भट्टराईले सरकार र आन्दोलनरत पक्ष दुवै लचक भएर वार्ता, सम्वाद र समतिबाट नै समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो ।‘वार्ता र सम्वाद गर्दा लेनदेन नगरी सहमतिमा पुग्न सकिदैन,’उहाँले भन्नुभयो,‘माग्दा १ सय मागेपनि सहमतिमा ५०, ६० वा ७० मा सहमति हुन सक्छ, दुवै पक्षले यसलाई बुझ्न जरुरी छ ।’

एकिकृत नेकपा माओवादी छाडेर नयाँ शक्ति निर्माणमा लाग्नु भएका भट्टराईले आगामि चैत सम्ममा नयाँ शक्तिलाई पार्टीको रुप दिने सोच बनाएको बताउनुभयो ।‘नया शक्तिको सम्वन्ध विस्तार र प्रचार अभियान अहिले चलिरहेको छ,’उहाँले भन्नुभयो,‘माघपछि विभिन्न तहका भेला गरेर अन्तरीम संरचना निर्माण गरिनेछ। ’

भट्टराईले नयाँ शक्तिले आर्थिक समृद्धिलाई प्राथमिकता दिने र युवा वर्गमा देखिएको राजनीति प्रतिको वितृष्णलाई हटाएर राष्ट्र निर्माणको मुलधारमा उनीहरुलाई प्रत्यक्ष सहभागि गराउन लक्ष्य राखिएको बताउनुभयो ।‘आफु रुपान्तरण हुनका लागि धेरैको कुरा सुन्न, प्रचार र सम्वन्ध विस्तार अभियानमा एक्लै हिडेको छु,’ उहाँले भन्नुभयो,‘ मान्छे नै नभएर एक्लै हिडेको होइन,’ अभियानले चैत सम्ममा पार्टीको रुप लिनेछ । ’

उहाँले नयाँ शक्तिको नेतृत्व कसले गर्छ भन्ने पत्रकारको जिज्ञासमा नयाँ शक्ति अभियानमा सहभागि सबैले जिम्मेवारी लिनुपर्दछ भनेमा आफुपछि नहट्ने बताउनुभयो । नयाँ शक्तिको संरचनामा केन्द्रबाट तल आउने परम्परागत नभइ तलबाट माथि जाने ढाँचा निर्माण गरिने भनाई उहाँको छ। पत्रकार सम्मेलन नयाँ शक्ति प्रचार अभियान कास्कीका संयोजक आरजु विष्टको अध्यक्षतामा भएको थियो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button