पोखरामा क्षेत्रिय स्तरको भलिबल प्रशिक्षण केन्द्रको शिलान्यास

पोखरा, २२ पौष –

पोखरा रंगशालामा पश्चिमाञ्चल क्षेत्रिय स्तरको भलिबल प्रशिक्षण केन्द्रको बुधबार एक समारोहका विच शिलान्यास गरीएको छ । उक्त प्रशिक्षण केन्द्र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले शिलान्यास गरे ।

voleyball 3

कार्यक्रममा बोल्दै उनले भने “५० लाखमा यो भलिवल प्रशिक्षण केन्द्र निमार्ण हुन लागेको होभने स्थानीय स्तरमा तपाईहरुले उक्त रकम जम्मा गरेको हामीलाई जानकारी गराउनु होला, त्यसमा उतिनै रकम सरकारबाट तत्काल निकासा गराउछु । ” राम्रो योजनालाई सवैले साथ र सहयोग गर्ने भएको बताउदै उनले पोखरामा आटेको खण्डमा हरेक योजनाहरु सफल हुदै आएको बताए । १२ औं साफ भारतमा हुने भएकोले भारत र नेपाल विच चिसिएको सम्बन्धलाई खेलकुदको माध्यमबाट प्रगाढ पार्ने उनको भनाई थियो । उनले भने “यस पाली हामीले ३-४ बर्षको पदक भन्दा धेरै पदक ल्याउने गरी रणनितिका साथ विभिन्न अभावको बावजुत पनि दृण ईच्छा शक्तिका साथ हाम्रा खेलाडीहरु भारत बिरुद्धका हरेक खेलमा जित्ने गरी प्रतिष्प्रर्धा गर्दैछन । ” १३ औं साफ नेपालमा नेपालको पनि पोखरामा केन्द्र हुने गरी विभिन्न खेलकुदको योजनाहरु अघि बढाउन खेल संस्थाहरुलाई राखेप सदस्य सचिव विष्टले निर्देशन दिए ।

volleyball 1

कास्की जिल्ला भलिबल संघको अगुवाईमा आगामी एक बर्ष भित्रमा ५० लाखको लागतमा उक्त केन्द्र निमार्ण हुने भएको संघका अध्यक्ष भीम पराजुलीले बताए । उनका अनुसार राष्ट्रिय खेलकुद परिषद, स्थानीय निकाय, यहाँका विभिन्न संघ संस्थाहरुको सहयोगमा उक्त भलिवल प्रशिक्षण केन्द्र निमार्ण हुन लागेको हो ।

भलिवल प्रशिक्षण केन्द्र निर्माणसंगै पोखरामा नयाँ भलिबल खेलाडि उत्पादनमा सहयोग पुग्ने क्षेत्रिय भलिवल संघका अध्यक्ष खगराज पौडेलले बताए । पश्चिमक्षेत्रमा खेलकुदाम देखिएका अवसर र चुनौतीको सामना गर्न आफु तयार भएको उनले दाबी गरे । एक वर्ष भित्रमा उक्त केन्द्र निमार्ण गरी राष्ट्रिय स्तरको भलिवल खेल आयोजना गर्ने समेत उनले उद्घोस गरे ।

नेपालमै पहिलो पटक पोखरामा निर्माण हुन लागेको भलिवल प्रशिक्षण केन्द्रले यहाँको भलिवल खेलको बृद्धि विकास हुने भएको कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले बताए । पश्चिमाञ्चलको महिला भलिवल टोली पछिल्लो क्रममा खस्कनुमा यहाँको भौतिक संरचना कम हुनु र खेलाडी उत्पादन हुने कुनै पनि कृयाकलाप हुन नसकेको कारणले गर्दा खस्कन गएको उनले बताए ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button