पोखरा, २२ पौष –
भारतीय नाकाबन्दी र ओली सरकारको लाचारीबाट प्रताडित नेपाली जनतालाई मुक्ति दिलाउन आन्दोलनको विकल्प नभएको भन्दै नेपाल विद्यार्थी संघले चरणवद्ध रुपमा आन्दोलनमा जाने बताएको छ।
नेविसंघद्वारा बुधबार संघका सचिव विक्रमादित्य सिंह गिरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पछिल्लो समय कास्की जिल्ला अन्तर्गत ग्यास कम्पनीमा प्रत्येक घरमा चुलो बल्ने बराबरको ग्यास बुलेट भित्रिए तापनि ग्यास कम्पनीले पहुचवाला र आफ्ना इष्टमित्रलाई कम्पनीमै बोलाई लुकिछिपी ग्याँस दिदै पठाउने जस्तो गैह्र जिम्मेवार कार्यप्रति नेविसंघ कास्कीको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, यस समस्यालाई समाधान गर्न ओली सरकार असमर्थ भइसकेको पनि छर्लङ्ग हुन आएको छ। यस्तो अवस्थामा कास्की जिल्ला अन्तरगर्त हुने ग्यास वितरणलाई ग्यास कम्पनी, डिलर र स्थानीय प्रशासन थप जिम्मेवार भई पूर्ण न्यायोचित ग्यास वितरण नगरेमा आन्दोलनको विकल्प नहुने जानकारी गराउँदछौं। साथै नेविसंघले देश नै यस्तो जटिल र संकटपूर्ण अवस्थामा भएको हुँदा सम्पूर्ण सरोकारवालाले न्यायोचित ढङ्गबाट प्रत्येक घरमा चुलो बल्ने गरी इमान्दार तवरले ग्यास वितरण गर्नु गराउनुहुन जोडदार माग गरेको छ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution