टोल विकास संस्थाद्धारा विशेष व्यक्तिहरु सम्मानित

  • पोखरा न्यूज
  • २०७२ पौष २२
Post Thumbnail

पोखरा, २२ पौष –

सुगममार्ग र अमरसिंह मार्ग टोल विकास संस्थाले बुधवार विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ ।

संस्थालाई विशेष योगदान पुरयाउने उपभोक्ता समितिका निर्वतमान अध्यक्ष रामप्रसाद शर्मा, अध्यक्ष पूर्ण प्रसाद शर्मा, सचिव कृष्ण तिमील्सिना, कोषाध्यक्ष मिलन सुवेदी र उपाध्यक्ष रस कुमारी गुरुङ, बाटो निर्माण कर्ता दिपक कुवँरलाई सम्मान गरिएको हो ।

गिता शान्तिमार्गबाट राममार्ग सम्म २ सय ६६ मिटर लामो बाटो निर्माण कार्य सम्पन्न भएको हो । सोहि अवसरमा बाटोको आर्थिक आय–व्यय प्रस्तुत गरिएको थियो । उपभोक्ताबाट ५ लाख ३२ हजार र पोखरा उपमहानगरपालिकाबाट ७ लाख ९८ हजार रुपैयाको लागतमा सो बाट सम्पन्न भएको टोल विकास संस्थाका अध्यक्ष कृष्ण तिमील्सिनाले जानकारी दिनुभयो । सोहि अवसरमा ४० थान एलपी ग्याँस उपभोक्ता कार्ड वितरण गरिएको छ । संस्थामा ८५ घर आवद्ध रहेका छन् ।
यसैबीच प्रतिभा मार्ग टोल विकास संस्था, पोखरा–८ ले टोलवासीहरुलाई उपभोक्ता कार्डका लागि दरखास्त फारम वितरण गरेको छ । गत १८ गतेदेखि बुधवार सम्म एक सय वटा दरखास्त फारम वितरण गरिएको संस्थाका अध्यक्ष डिल्लीराज शर्माले जानकारी दिनुभयो । घरवाला र डेरामा बस्ने उपभोक्ताहरुबाट फारम लिइएको हो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस