प्रगति टोलमा ग्यास कार्ड वितरण

पोखरा, २२ पौष –

बर्तमान समयमा भएको एल पि ग्याँसमा असहज परिस्थितिलाई व्यवस्थापन गर्ने उद्देश्यले पोखरा–७, प्रगति टोलमा ग्याँस उपभोक्ता कार्ड वितरण गरिएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

उक्त टोल विकास संस्थाका अध्यक्ष प्रकास भुजेलको संयोजनमा बिहीबार ८४ घर धुरीलाई नगरपालिकाबाट वितरण गरिने ग्याँस उपभोक्ता कार्ड प्रदान गरिएको हो। १५१ देखि २३४ नम्बरसम्मको कार्ड वितरण भएको टोल विकास संस्थाका अध्यक्ष भुजेलले जानकारी दिए । भुजेलले स्थानीयवासी ईन्द्र बहादुर परियारलाई पहिलो कार्ड हस्तान्त्रण गरी कार्यक्रम सुरु गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button