प्रगति टोलमा ग्यास कार्ड वितरण

पोखरा, २२ पौष –

बर्तमान समयमा भएको एल पि ग्याँसमा असहज परिस्थितिलाई व्यवस्थापन गर्ने उद्देश्यले पोखरा–७, प्रगति टोलमा ग्याँस उपभोक्ता कार्ड वितरण गरिएको छ ।

उक्त टोल विकास संस्थाका अध्यक्ष प्रकास भुजेलको संयोजनमा बिहीबार ८४ घर धुरीलाई नगरपालिकाबाट वितरण गरिने ग्याँस उपभोक्ता कार्ड प्रदान गरिएको हो। १५१ देखि २३४ नम्बरसम्मको कार्ड वितरण भएको टोल विकास संस्थाका अध्यक्ष भुजेलले जानकारी दिए । भुजेलले स्थानीयवासी ईन्द्र बहादुर परियारलाई पहिलो कार्ड हस्तान्त्रण गरी कार्यक्रम सुरु गरेका थिए ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button