एमाओवादीले ४ न. प्रदेशमा जिल्ला संयोजक तोक्यो

पोखरा, २२ पौष –

एकीकृत माओवादीले प्रदेश न.४ मा रुपान्तरण तथा पार्टी पुनर्निर्माण अभियान सञ्चालन गर्ने भएको छ । बुधबार पोखरामा सम्पन्न प्रदेश न.४ को पूर्ण वैठकले माघदेखि जेठसम्म अभियान चलाउने निर्णय गरेको हो ।

वैठकले प्रदेश नं.४ का ११ जिल्लामा एमाओवादीको संयोजक समेत तोकेको छ । एमाओवादीको मनाङ संयोजक कपिल लामा, गोरखा संयोजक चुडामणि खड्का, तनहुँ संयोजक अमर तमु, लमजुङ संयोजक पारसमणि पौडेल, कास्की र पर्वत संयोजक राजकाजी तमु, स्याङ्जा संयोजक रामराज रेग्मी, म्याग्दी र मुस्ताङ संयोजक मानबहादुर बुढामगर, बागलुङ संयोजक लिलबहादुर थापा मगर चयन भएका छन् । नवलपरासीको नवलपुर क्षेत्र भने प्रदेश कार्यालयले हेर्ने बताइएको छ ।

हाल जिल्ला संयोजक तोकिएको भएपनि प्रादेशिक संरचना नबन्दासम्म हालको जिल्ला समिति यथावत रहने भएको छ । ४ नं. प्रदेशका संयोजक डिलाराम आचार्यको अध्यक्षतामा सम्पन्न वैठकमा एमाओवादीका केन्द्रीय सदस्य, परिषद् सदस्य एवं केन्द्रीय सल्लाहकारहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button