पोखरा, २३ पौष –
पांचौ एस ओ एस बगर भाइखलक एट ए साइड भेट्रान फुटवल प्रतियोगितामा भोलिदेखि शुरु हुने भएको छ । स्वास्थ्यको लागी एक घण्टा ब्याम, पूर्व खेलाडीको लागी सहयोग भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रतियोगिता २८ गते सम्म सञ्चालन हुने छ ।
प्रतियोगितामा काठमाण्डौको ८, बिरगन्जको २, हेटौडाको २, चितवनको १ , बुटवलको १ र पोखराको १० टीम गरी २४ टीमले भाग लिने बगर भाइखलकका अध्यक्ष दिल वहादुर गुरुङले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टीमलाई ४४ हजार ४ सय ४४ र द्धितिय हुने टीमलाई ३३ हजार ३ सय ३३ नगद, शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
स्वास्थ्यको लागी एक घण्टा ब्याम, पूर्व खेलाडीको लागी सहयोग भन्ने मूल नाराका साथ आयोजना हुन लागेको पांचौ संस्करणको प्रतियोगितामा ३० को दशकमा फुटवल क्लव स्थापना गरी फुटवल खेलको विकासमा विशेष योगदान पुरयाएको भन्दै पोखरा दीप १६ निवासी पूर्व खेलाडी इन्द्र गौचनलाई सम्मान गरिने आयोजकले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution