स्याङ्जा, २३ पौष –
नेष्डो सुचना विभाग-राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको वालिङ्ग क्षेत्रीय तहको एक दिने आवधिक प्रगति समिक्षा तथा रणनीति तर्जुमा गोष्ठी स्याङ्गजा जिल्लाको वालिङ्गमा विहिवार सम्पन्न भयो । संंस्थाको वालिङ्ग क्षेत्र अन्र्तगत पाल्पा, स्याङ्गजा जिल्लाका सवै शाखाहरु र पर्वतको हुवास शाखा रहेको छ ।
यस आर्थिक वर्षको निर्धारीत लक्ष्य र लक्ष्यमा आधारित उपलव्धीको समिक्षा गरी भावि रणनीति तर्जुमा गर्ने उद्देश्यले आयोजना गरिएको उक्त गोष्ठीमा पाल्पा जिल्लाका तानसेन, रामपुर र अर्गली गरी ३ शाखा, स्याङ्गजा जिल्लाको वालिङ्ग र स्याङ्गजा गरी २ शाखा र पर्वत जिल्लाको हुवास गरी ६ वटा शाखा कार्यालयमा कार्यरत प्रवन्धक, केन्द्र प्रवन्धक र प्रधान कार्यालयका प्रतिनिधीहरु समेत गरी कुल ३१ जनाको सहभागिता रहेको थियो ।
आर्थिक वर्ष २०७२-७३ को अर्ध वार्षिक अवधीमा २ हजार २१ जना नयाँ सदस्य थप गर्ने लक्ष्य राखिएकोमा २ सय २१ जना थप गरी ११ प्रतिशत र कर्जा लिने व्यवसायिक सदस्य तर्फ ४ हजार २६ जना थप गर्ने लक्ष्य राखिएकोमा ४ सय ७२ जना थप गरी जम्मा ११ प्रतिशत मात्र उपलव्धी हासिल भएको छ । यसै गरी गोष्ठीमा सहभागी ६ वटा शाखामा १४ करोड ८९ लाख ४८ हजार ४१९ रुपैयाँ लगानीमा रही रहेको कर्जामा वृद्धि गर्ने लक्ष्य राखिएकोमा हालसम्म ३ करोड ४ लाख ८९ हजार ८४६ रुपैयाँ वृद्धि गरी २० प्रतिशत र वचत तर्फ ३ करोड १५ लाख ८५ हजार ५३० रुपैयाँ वृद्धि गर्ने लक्ष्य राखिएकोमा ९६ लाख ७७ हजार २६ रुपैयाँ वृद्धि गरी ३० प्रतिशत मात्र उपलव्धी हासिल भएको छ । जुन समयावधीको तुलनामा अत्यन्त न्यून हो ।
प्रगति समिक्षाका क्रममा वोल्दै संस्थाका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईले आर्थिक वर्षको ५० प्रतिशत समय व्यतित भई सकेको सन्दर्भमा औषत उपलव्धी १६ प्रतिशत हुनुले वार्षिक लक्ष्य प्राप्तीमा चुनौती देखिएको वताउनु भयो । वितेको अवधीमा वर्षाद, चाडपर्व, नाकावन्दी लगायतका वाधा अड्चनहरुको कारण अपेक्षित उपलव्धी हासिल नभएता पनि आँउदो ६ महिनामा लक्ष्य प्राप्तीमा सवै शाखाहरु लागि पर्नु पर्नेमा उहाँले जोड दिनु भयो । संस्थाको लक्ष्यको तुलनामा उपलव्धी हासिल हुन नसक्नुले विपन्न परिवार सेवावाट वन्चित हुने हुँदा संवेदनशिल भएर अगाडी वढन सवै शाखालाई अनुरोध गर्नु भयो । उहाँले हरेक विपन्न परिवारलाई संस्थामा आवद्ध गरी आर्कषक वचत योजना, सुलभ कर्जा सेवा र दर्जनौ कल्याणकारी सुविधावाट लाभान्वित गराउन समेत अनुरोध गर्नु भयो ।
गोष्ठीमा संस्थाका लघुवित्त प्रमुख विश्ववन्धु प्रसाई, आन्तरिक लेखा परिक्षण प्रमुख वद्री प्रसाद मिश्र, योजना तथा सुचना व्यवस्थापन प्रमुख युधिष्ठिर भुषाल, वरिष्ठ अधिकृत नारायण प्रसाई, पाल्पा शाखाका प्रवन्धक रामचन्द्र गौतम लगायतले गोष्ठीमा लक्ष्य प्राप्तीका लागि अवलम्वन गर्नुपर्ने विभिन्न रणनीतिहरुको वारेमा सहजीकरण गर्नु भएको थियो ।
गोष्ठीको शुभारम्भ वालिङ्ग शाखाका प्रवन्धक टिकाराम दर्जीको अध्यक्षता, लघु वित्त प्रमुख विश्ववन्धु प्रसाईको स्वागत, पाल्पा शाखाका केन्द्र प्रवन्धक मन्जु नेपालको संस्थागत प्रतिज्ञा एवम् मानव विकास अधिकृत इश्वरी प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution