पोखरा, २३ पौष –
कास्कीमा नयाँ शक्ति बिद्यार्थी अभियान जारी रहेको छ ।
पछिल्लो क्रममा हेमजाको गौरीशंकर वहुमुखी क्याम्पस, पोखरा ईन्जिनीयरीङ कलेजमा नयाँ शक्ति अभियान बिद्यार्थी अभियान अन्र्तगत समिति गठन भएको नयाँ शक्ति अभियानका केन्द्रीय अभियान्ता सन्तोस आचार्यले बताए । उनका अनुसार गौरीशंकर वहुमुखी क्याम्पसमा व्याबस्थापन संकायमा मन्जु भण्डारीको संयोजकत्वमा ११ सदस्य नयाँ शक्ति बिद्यार्थी अभियान गठन भएको छ भने सोहि क्याम्पसमा शिक्षा संकाय तर्फ सृजना पौडेलको संयोजकत्वमा १३ सदस्य नयाँ शक्ति बिद्यार्थी अभियान गठन भएको हो । त्यसै गरी पोखरा ईन्जिनीयरीङ कलेजमा सरीस शर्माको संयोजकत्वमा ३९ सदस्य नयाँ शक्ति बिद्यार्थी अभियान गठन भएको आचार्यले बताए ।
नयाँ शक्ति अभियानका केन्द्रीय अभियान्ता सन्तोस आचार्य, दिनेश पौडेल, नयाँ शक्ति बिद्यार्थी अभियानका नेता सुनिल पौडेल, नवराज पौडेल, विकल पौडेल, नेत्र बहादुर चापागाई लगायतका बिद्यार्थी नेता समिति गठन गर्ने अभियानमा लागेका छन । साथै नयाँ शक्ति अभियानले जिल्ला प्रशासन कार्यालय कास्की र जिल्लाल शिक्षा कार्यालयमा ज्ञापन–पत्र बुझाएका छन ।
महङगी र कालोबजारी बिरुद्ध ज्ञापन पत्र दिदै बजारमा रहेको महङगी र कालोबजारी बिरुद्ध प्रशासनलाई ज्ञापन पत्र बुझाएको बिद्यार्थी नेता सन्तोस आचार्यले बताए । बिद्यार्थीहरुलाई पछिल्लो क्रममा छुट समेत नदिएकोले त्यसलाई तत्काल कान्वयन गर्न माग समेत गरीएको आचार्यले बताए । त्यसै गरी विभिन्न बिद्यालयहरुमा शिक्षकहरुले नियमित रुपमा पठन पाठन नगराएको भन्दै त्यसलाई प्रभावकारी ढंगले पठन पाठन गर्ने वातावरण सृजना गर्न समेत माग गरीएको उनले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution