पोखरा, २३ पौष –
नेपालमा गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पले केहि महिना थलिएको पर्यटन क्षेत्र माथि उकासिन नपाउदै पुनः खस्कदै आएको छ । तराइ मधेस आन्दोलन त्यस पछि नेपाल माथि भारतले लगाएको अघोषित नाका बन्दीको कारणले गर्दा पोखराको पर्यटनको क्षेत्र खस्कदै गएको पोखरा नागरीक उड्डयन कार्यालयको तथ्याङमा उल्लेख छ ।
गत मे महिना देखि डिसेम्वर सम्म ८ महिनाको अघिल्लो बर्षको तुलनामा करीब ७० प्रतिशतले कम विदेशी पर्यटकहरु पोखरा आएका छन । नेपालमा गत वैशाख १२ गते आएको विनाशकारी भूकम्प, तराइ मधेस आन्दोलन त्यस पछि नेपाल माथि भारतले लगाएको अघोषित नाकावन्दीको कारणले गर्दा अघिल्लो बर्षको तुलनामा सन २०१५ मा मे देखि डिसेम्वरसम्म ७० प्रतिशतले विदेशी पर्यटकहरु कम आएको पोखरा नागरीक उड्डयन कार्यालयका प्रमुख दिपक बरालले पोखराआर्थिकडटकम सँगको कुराकानीमा बताएका छन । सन २०१४ को मे महिनामा ३ हजार ८ सय ३० वटा हवाई उडान हुदा १८ हजार ३ सय ७८ जना विदेशी पर्यटकहरु हवाई उडान गरेका थिए । सन २०१५ को मे मा भने २ हजार ४ सय ७० वटा हवाई उडान हुदा २ हजार ४ सय ४९ जना विदेशी पर्यटकहरुले हवाई उडान गरेका छन । अक्टुवरमा १२ हजारसम्म पर्यटकको सङख्यामा उकालो लागे पनि मधेस आन्दोलन र नाकाबन्दीको कारणले गर्दा खस्कदै डिसेम्वरमा आउदा ५ हजार ३ सय १९ जना विदेशी पर्यटकहरुले हवाई उडान गरेका थिए । सन २०१४ मा विदेशी पर्यटकहरुले हवाई उडान मासिक ९ हजार देखि २७ हजारसम्मको संख्यामा पुगेको थियो ।
सन २०१४ को मे महिना देखि डिसेम्वरसम्म २५ हजार ७ सय ७० वटा हवाई उडान हुदा एक लाख २७ हजार ७६ जना विदेशी पर्यटकहरुले हवाई यात्रा गरेको प्रमुख बरालले बताए । सन २०१५ को मे देखि डिसेम्वरसम्म १२ हजार ७ सय ३१ वटा हवाई उडान हुँदा ३८ हजार ४ सय ९३ जना विदेशी पर्यटकहरुले हवाई मार्ग हुदै पोखरा भ्रमण गरेका छन । सन २०१४ को मे देखि डिसेम्वर सम्म २ लाख ४७ हजार ७ सय ५३ जनाले हवाई यात्रा गरेका थिए भने त्यस मध्य एक लाख ३ सय ५३ जना आन्तरीक पर्यटकहरुले हवाई यात्रा गरेका हुन । त्यसै गरी सन २०१५ को मे देखि डिसेम्वर सम्म १ लाख ५१ हजार ६ सय ४८ जना पर्यटकहरुले हवाई यात्रा गरेका थिए भने एक लाख १३ हजार १ सय ५५ जना आन्तरीक पर्यटकहरुले हवाई यात्रा गरेका हुन ।
प्रमुख बरालका अनुसार सन २०१४ मा ३६ हजार ९ सय १३ वटा हवाई उडान हुदा १ लाख ९४ हजार ७७ जना विदेशी पर्यटकहरुले हवाई उडान गरेका थिए । ३ लाख ६८ हजार ९ सय ८० जना पर्यटकहरु रहेकोमा एक लाख ३ सय ५३ जना आन्तरीक पर्यटकहरुले हवाई उडान गरेका थिए। त्यसै गरी सन २०१५ मा २९ हजार ३ सय ३ वटा हवाई उडान हुदा १ लाख १ हजार २ सय १५ जना विदेशी पर्यटकहरुले हवाई उडान गरेका थिए । १ लाख १३ हजार १ सय ५५ जना आन्तरीक पर्यटकहरु हवाइ उडान गरेका थिए भने एक बर्षमा २ लाख ७४ हजार ४ सय ८८ जना पर्यटकहरुले हवाई उडान गरेको बरालले बताए ।
पोखरामा चार वटा एयरलायन्स कम्पनीबाट कम्पनीले पोखरा काठमाण्डौ दैनिक, पोखरा जोमसोम हवाई उढान भर्दै आएको कम्पनीहरुले जनाएका छन । यति एयरलाइन्स, बुद्ध एयरलाईन्स, सिम्रिक एयरलाईन्स र सरकारी विमान नेपाल एयरलायन्सले हवाई उडान गर्दै आएका छन । पोखरा विमानस्थल कार्यालयले एक मुस्ट पर्यटकहरुको तथ्याङक राख्ने गरे पनि कुन देशबाट कति पर्यटकहरु आए भन्ने तथ्याङक अझै राख्न सकेको छैन । सडक मार्ग हुदै पोखरा आउने पर्यटकहरुको हालसम्म कुनै संघ संस्थाले तथ्याङक राख्न नसक्दा पोखरामा बार्षिक कति पर्यटक आउछन भन्ने हचुवाको भरमा भन्ने गरीन्छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution