सैनिक आवासीयको एघारौँ वार्षिकोत्सव तथा ५ औं खेलकुद सप्ताह सम्पन्न

पोखरा, २४ पौष –

सैनिक आवासीय महाविद्यालय पोखराको एघारौँ वार्षिकोत्सव तथा पाँचौ खेलकुद सप्ताह महाविद्यालय प्राङ्गणमा मिति २०७२।०९।२४ गते सम्पन्न भएको छ । पश्चिम पृतनाका निमित्त पृतनापति तथा महाविद्यालय सञ्चालन समितिका सदस्य, श्री नं. ३ बाहिनीका बाहिनीपति सहायक रथी श्री जशवन्त शम्शेर ज.ब.राणाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम, खेलकुद तथा पुरस्कार वितरण गरिएको थियो ।

sainik 2

कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्राचार्य खेमराज देवानले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भावि योजनाका बारेमा समेत स्पष्ट पार्नुभयो । विद्यालयमा नियमित रुपमा प्रशिक्षण गराइने खेल कराँते, तेक्वान्दो, फुटबल ड्रिल, NCC का प्रशिक्षार्थी विद्यार्थीले आफनो कौशल प्रदर्शन गरेका थिए ।

sainik 1

विद्यालयका विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूले साँस्कृतिक कार्यक्रम, गीत समेत प्रस्तुत गरेका थिए । शैक्षिक वर्ष २०७१ मा विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यार्थी एवं शिक्षक कर्मचारीहरूलाई प्रमुख अतिथि कार्कीले उक्त अवसरमा पुरस्कृत गर्नुभएको थियो । कार्यक्रममा एस.एल.सी २०७१ मा सैनिक महाविद्यालय पोखरामा नै सर्वोत्कृष्ट हुने सन्दिप दाहाल, उच्च माध्यमिक शिक्षा परिषद अन्र्तगतको परिक्षामा कलेज सर्वोत्कृष्ट हुने सन्तोष कार्की तथा द्वितीय र तृतीय क्रमशः निरञ्जन कार्की, धिरज के.सी.लाई नगद एवं तक्मा र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रमा प्रमुख अतिथिको मन्तव्य राख्दै राणाले आफूसँग उपलब्ध साधन र श्रोतको अधिकतम सदुपयोग गरी विद्यार्थीहरूको चौतर्फी विकास गर्ने कार्यमा महाविद्यालय निरन्तर लागिरहनेछ भन्ने विश्वास व्यक्त गर्दै हालसम्म प्राप्त उपलब्धीहरूको प्रशंसा गर्नुभयो । विद्यालयका सैनिक सम्पर्क अधिकृत सेनानी सन्दिप बिस्टले उपस्थित सम्पूर्ण महानुभावमा धन्यवाद व्यक्त गर्नुभएको कार्यक्रममा विद्यालयले प्रत्येक वर्ष प्रकाशन गर्दै आइरहेको वार्षिक मुखपत्र ‘फूलबारी’ को एघारौँ अंकको पनि उक्त अवसरमा प्रमुख अतिथि राणाले विमोचन गर्नुभएको थियो ।

एघारौँ वार्षिकोत्सव समारोहमा उच्च म.वि.शिक्षा परिषद् क्षेत्रीय कार्यालयको कार्यालय प्रमुख श्री अशोक न्यौपाने, पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा. श्री यादव गौडेल तथा अन्य प्राध्यापकहरू लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, अधिकृत वर्ग तथा अभिभावकहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक उपेन्द्र प्रसाद पौडेलले गर्नुभएको थियो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button