महिला हिंसा सम्बन्धि कानुनी सचेतना कार्यक्रम सम्पन्न

पोखरा, २४ पौष –

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरको आयोजनामा एक दिने महिला हिंसा सम्बन्धि कानुनी सचेतना कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

स्थानिय सिर्जना आम समूह लामाचौरको व्यवस्थापनमा भएको उक्त तालिममा पोखरा–१९ लामाचौरका आमा समूह तथा विभिन्न संघ संस्थामा आवद्ध महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरिक्षक मोहनबहादुर खाँणले कानुन सम्बन्धि ज्ञान भएमा हिंसाको सिकार वन्नु नपर्ने बताए । कार्यक्रममा अधिवक्ता गीता आचार्यले सहजिकरण गरेकी थिईन् ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरका सल्लाहकार तथा निवर्तमान अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, सल्लाहकार ध्रुव पराजुली, उपाध्यक्ष विष्णुबहादुर खड्गी, पोखरा–१९ लामाचौरका वडा सचिव सूर्यबहादुर नेपाली, सिर्जना आमा समूहकी अधयक्ष गीता भण्डारीले बोलेका थिए ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरकी अध्यक्ष जीवन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कार्यक्रम संयोजक कल्पना आचार्यले स्वागत र सहसचिव रामभूषण पराजुलीले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button