पोखरा, २४ पौष –
पोखरेली गायक बिनोद बानियाले नौं वर्षपछि गीति एल्बम ‘प्रोफाइल’ लिएर बजारमा आएका छन्।
नयाँ तथा पुराना ६ गीत र गजल समेटेर बानियाले एल्बम ‘प्रोफाइल’ बजारमा ल्याएका हुन्। एल्बमको पुस २७ गते सोमबार पोखरामा गायक दीप श्रेष्ठले लोकार्पण गर्दैछन्। पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा हुने एल्बम लोकापर्ण कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको संस्थाका अध्यक्ष सुरेश रानाभाटले जानकारी दिए।
२०५८ सालदेखि व्यावसायिक सङ्गीत यात्रा थालेका बानिया पोखरामै रहेर साङ्गीतिक क्षेत्रमा क्रियाशिल छन्। ‘माया देखायौ’ गीतबाट गायन यात्रा थालेका बानियाले नेपाली पप तथा सुगम संगीतमा गजल तथा राष्ट्रिय गीतमा समेत आवाज दिएका छन्।
‘गायन यात्रा थालेदेखि नै धेरैले राम्रो प्रतिक्रिया दिँदै काठमाडौंमा गएर गायन यात्रामा लाग्न सुभलाव दिन्थे’–गायक बानियाले भने–‘मैले सबैको सुझाव र प्रतिक्रिया सुनेँ तर होइन पोखरामै रहेर केही गर्न सकिन्छ भन्ने सोंचका साथ लागिपरेँ र अहिले पनि पोखराबाटै प्रोफाइल एल्बम बजारमा ल्याएको हूँ।’
गयन यात्रा सुरु गरेदेखिनै पोखरा तथा देशका विभिन्न ठाउँबाट सकारात्मक सुझाव आएका कारण साङ्गीतिक यात्रामा लागिरहेको र पोखरालाई, पोखरा बनाउन केही गर्न सकौं भन्ने सोंच आफूमा रहेको बानियाले बताए।
‘मान्छे’, ‘डाउट’ लगायत एल्बम स्रोता दर्शकलाई जिम्मा लगाइसकेका बानियाले गाएको खुल तथा राष्ट्रिय गीतले अवार्ड पनि जितेका छन्। लेकाली व्याण्डमा आवद्ध रहेर पनि गीत गाएका बानियाले आफूले ल्याएको प्रोफाइल एल्बममा केही नयाँ तथा पृथक गर्ने प्रयास गरेकाले स्रोता दर्शकले मन पराउने बताउँछन्।
लोकार्पण हुन लागेको गायक बानियाको पछिल्लो एल्बम प्रोफाइलमा पोखरा तथा बाहिरका गीतकारको शब्दलाई आवाज दिएका छन्।
सन्तोष शर्मा, तीर्थ तामाङ, सोभियत खड्का, इश्वरमणि अधिकारी लगायतका शव्दलाई आवाज दिएका गायक बानिया र हरि लम्सालले सङ्गीत भरेका छन्।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution