पोखरा, २४ पौष –
तमु संचारकर्मी संघ कास्की द्धारा संचालित हङकङ्ग व्युटि इन्स्टिच्युट प्रा.लिका प्रोपाइटर मिना गुरुङ द्धारा स्थापनार्थ तमु पत्रकारीता पुरस्कारबाट पत्रकार राज बहादुर गुरुङ सम्मानित हुने भएको छ ।
करिव दुई दशक देखि पोखरामा रहेर क्रियाशिल पत्रकारीता गर्दै आउनुभएका गुरुङलाई उक्त पहिलो पुरस्कारबाट सम्मान गर्न लागिएको तमु संचारकर्मी संघ कास्कीका अध्यक्ष शान्ती गुरुङले जानकारी दिनुभयो । गुरुङलाई पौष २९ गते तमु संचारकर्मी संघ कास्की शाखाको वार्षिकोत्सवको अवसर पारेर सम्मान गर्न लागिएको बताउनुभयो ।
११ हजार नगद, सम्मानपत्र र तमु संस्कृतिमा आधारित फेटा(क्रेगी) लगाइ दिएर गुरुङलाई सम्मान गरिने तमु संचारकर्मी संघ कास्कीका उपाध्यक्ष भुपाल गुरुङले जानकरी दिनुभयो । अधिवक्त जुनाकुमारी गुरुङ संयोजक रहेको पुरस्कार छनोट समितिको विहिबार बसेको बैठकले गुरुङलाई दिने निर्णय गरेको हो ।
काठमाडौँबाट प्रकाशित जनसत्ता साप्ताहिकबाट पत्रकारीता शुरु गर्नुभएका गुरुङले सन्ध्याकालिन दैनिक, सगरमाथा टेलिभिजनमा कार्यरत हुदै हाल युनाईटेड राष्ट्रिय दैनिकको प्रधानसम्पादक तथा प्रकाशक हुनुहुन्छ । विंस २०५३ सालमा नेपाल पत्रकार महासंघ कास्कीको कार्यसमिति सदस्य हुदै दुई पटक सम्म उपाध्यक्ष भइसक्नुभएका गुरुङ हाल सल्लाहकार हुनुहुन्छ । गुरुङले पत्रकार महासंघ कास्कीको भवन निर्माण समितिको सहसंयोजक भई कार्य गर्नुभएको छ । उक्त भवनको हाल उद्घाटन गर्ने तयारीमा छ ।
प्रेस युनियन राष्ट्रिय पार्षद सदस्य, छापा, माध्यम राष्ट्रिय सञ्जाल पश्चिमाञ्चल संयोजक तथा केन्द्रीय उपाध्यक्ष, रिर्पोटस क्लव कास्की जिल्ला अध्यक्ष, क्षेत्रिय अध्यक्ष हुदै हाल केन्द्रीय सदस्य, पोखरा नगर उपत्यका विकास समितिको पुर्व सदस्य समेत भइसक्नु भएका गुरुङ गजेन्द्र भण्डारी पत्रकारीता पुरस्कार लगायतका विभिन्न संघसंस्थाले प्रदान गर्ने पुरस्कारबाट सम्मानित भइसक्नु भएको छ । पोखरामा रहेर पत्रकारीता गर्दै आएका तमु संचारकर्मीलाई प्रत्येक वर्ष पुरस्कार वितारण गर्ने गरि गत वर्ष हङकङ्ग व्युटि इन्स्टिच्युट प्रा.लिका प्रोपाइटर मिना गुरुङले पुरस्कारको स्थापना गर्नुभएको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution