पोखरा, २४ पौष –
पोखरेली ख्रीष्टियन समुदाय अन्तगर्तको असल छिमेकी नेपालले बिहीबार गोरखाका ३९ वटा भूकम्प प्रभावित विद्यालयहरुलाई जस्ता पाता वितरण गरेको छ ।
संस्थाले दुई वटा छुट्टा छुट्टै टोली गठन गरी उक्त राहत वितरण गरेको हो । पहिलो टोलीले जिल्ला शिक्षा कार्यालय गोरखाको प्राङ्गणमा राहत वितरण कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रम मार्फत जिल्लाका १३ वटा भूकम्प प्रभावित विद्यालयमा अध्ययनरत छात्र छात्रालाई ९९ बण्डल जस्तापाता तथा ९९ किलो काँटी र वासर वितरण गरिएको संस्थाका कार्यकारी निर्देशक राजेन्द्र कुमार अधिकारीले जानकारी दिए ।
सोही दिनमा संस्थाको अर्को टोलीले गोरखाको आरुघाट स्थित भीमोदय उच्च माध्यमिक विद्यालयमा पनि राहत वितरण कार्यक्रम आयोजना गरयो । उक्त कार्यक्रममा जिल्लाका १० गा.वि.स भित्र पर्ने २६ वटा विद्यालयका छात्र छात्राहरुलाई ३४५ बण्डल जस्तापाता एवं ३४५ किलो काँटी र वासर वितरण गरिएको निर्देशक अधिकारीले ।
असल छिमेकीले आयोजना गरेको राहत वितरण कार्यक्रममा गोरखाको स्थानीय विकास अधिकारी प्रेमराज अधिकारी, जिल्ला शिक्षा अधिकारी हरि अर्याल, सहायक जिल्ला शिक्षा अधिकारी हेम प्रसाद आचार्य, पोखरेली ख्रिष्टीय समुदायको विपद् व्यवस्थापन समितिका अध्यक्ष पाष्टर हरिराम घिमिरे, समुदायको युवा संगतिका अध्यक्ष प्रकाश भुजेल, असल छिमेकीका राहत व्यवस्थापन संयोजक विजय श्रेष्ठ, पुष्प राज गिरी लगायत सहभागी थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution