पोखरा, २४ पौष –
पुस ३० देखि माघ १० गते सम्म अमरसिंह चौरमा आयोजना हुन लागेकोे छैठौ संस्करणको पोखरा महोत्सवलाई शान्ति अमनचयन संग सम्पन्न गराउन कास्कीका सम्पूर्ण सुरक्षा निकायहरु सहकार्य गरेर अगाडी वढ्ने भएका छन । युनाइटेड क्लवद्धारा शुक्रबार आयोजना गरेको सुरक्षा भेलामा कास्कीका सम्पूर्ण सुरक्षा निकायहरुले महोत्सवलाई सफल बनाउन सहकार्य गरेर अगाडी वढ्ने प्रतिवद्धता ब्यक्त गरेका हुन ।
भेलामा वोल्दै कास्कीका प्रहरी नायव उपरिक्षक गजुर सिद्धी बज्राचार्यले छैठौ संस्करणको पोखरा महोत्सवलाई शान्त र अमनचयन बनाउनका लागी सम्पूर्ण सुरक्षा संयन्त्रहरु संग सहकार्य गरेर अगाडी वढ्ने वताए । महोत्सव आयोजककोनै शान्ति अमनचयनमा मुख्य भुमिका रहने वताउदै बज्राचार्यले महोत्सवमा हुने अबान्छनिय गतिविधीलाई नियन्त्रणका लागी कास्की प्रहरीले अन्य सुरक्षा निकायहरु संग सहकार्य गरेर महोत्सवलाई शान्तिपूर्ण वातावरणमा सफल वनाउने प्रतिवद्धता ब्यक्त गरे ।
त्यस्तै शसस्त्र प्रहरी वल कालिका गण मालेपाटनका प्रहरी उपरिक्षक एसपी फडिन्द्र पौडेलले शसस्त्र प्रहरी वलले पोखरा र आसपासमा आयोजना हुने महोत्सवहरुलाई सहयोग गर्दै आइरहेको र अमरसिंह चौरमा आयोजना हुने महोत्सवमा हुने शान्ति अमनचयन कायम गर्र्नका लागी आफुहरुको तर्फबाट सक्दो सहयोग गर्ने वताए । त्यस्तै महोत्सव अवधिभर महोत्सव सञ्चालनका लागी आवश्यक पर्ने डिजेल र पेट्रोलका लागी समेत कालिका गणबाट सहयोग हुने समेत उनको भनाइ रहेको थियो ।
कार्यक्रममा वोल्दै छैठौ पोखरा महोत्सवका सुरक्षा ब्यवस्थापन संयोजक कृष्ण बहादुर थापाले विगतका महोत्सवहरुमा कास्कीमा रहेका सवै सुरक्षा निकायहरुले उत्तिकै सहयोग गरेको र पुस ३० देखि शुरु हुने महोत्सवमा पनि उत्तिकै सहयोग हुने अपेक्षा ब्यक्त गरे ।
कार्यक्रममा अञ्चल प्रहरी कार्यालय गण्डकी, जिल्ला प्रहरी कार्यालय कास्की, शसस्त्र प्रहरी कालिका गण मालेपाटन , शसस्त्र प्रहरी तालिम महाविद्यालय लामापाटन, वडा प्रहरी कार्यालय राम बजारका प्रहरी प्रमुखका साथै पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, क्लवका उपाध्यक्ष सुक वहादुर गुरुङ, सचिव लालकाजी गुरुङ लगायतकोे सहभागीता रहेको थियो । कार्यक्रममा धन्यवाद ब्यक्त गर्दै क्लवका अध्यक्ष हिमालय बख्रेलले पोखरा महोत्सव युनाइटेड क्ल्वको मात्र नभइ पोखराकै पर्यटन प्रवद्र्धनलाई लक्षित गरी आयोजना भएकाले त्यसमा सवैले आफ्नै महोत्सव मानेर सहयोग गर्न आग्रह गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution