पोखरामा नेपाल र भारत विच मैत्रिपुर्ण खेलहरु जारी

पोखरा, २४ पौष –

नेपाल कम्पनी अफ स्र्पोटस फेडेरेशन र भारतिय कम्पनी अफ स्र्पोटस फेडेरेशनको संयुक्त तत्वाधानमा पोखरामा जारि प्रथम इन्डो नेपाल स्र्पोटस फेस्टिभल फ्रेण्डशिप सिरिज २०१६ मा विभिन्न खेलहरु जारी रहेका छन । शुक्रवार सम्पन्न महिला भलिवल, वास्केटवल तथा पुरुष भलिवल र वास्केटवलमा नेपालले भारतलाई जितेको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सम्पन्न खेलमा महिला भलिवल तर्फ ४–१ ले पुरुष तर्फको प्रतिष्पर्धात्मक खेलमा ३–२ सेटले जित हात पारे । त्यसै गरि महिला वास्केटवलमा नेपालले २७– १६ र पुरुष तर्फ ४६–४४ को जित दर्ता गर्दै स्वर्ण पदक हात पारे । नेपालका तर्फ वाट ग्लोवल कलेजिएट उच्च मावीका खेलाडीहरु मैत्रीपुर्ण खेलमा सहभागी जनाएका थिए ।

विजयी खेलाडीहरु लाई नेपाल कम्पनी अफ स्र्पोटस फेडेरेशनका महासचिव तथा संचारकर्मी केशव पाठक, भारतिय कम्पनी अफ स्र्पोटस फेडेरेशनका सिनियर भाइस प्रेसिडेन्ट केपी पान्डे, भारत विहार राज्य फेडेरेशनका सचिव सन्तोष कुमार लगाएतले पदक मेडल तथा पुरुष्कार वितरण गरेका थिए । कार्यक्रम ग्लोवल कलिजिएटका निर्देशक नन्दलाल त्रिपाठीको अध्यक्षतामा भएको थियो ।

नेपाल र भारत विचको सम्वन्ध विस्तार र खेलकुद मार्फत सम्वन्धलाई वलियो वनाउन प्रतियोगिताको आयोजना गरिएको हो । शनिवार र आइतवार क्रिकेट र फुटवल खेलको आयोजना गरिने छ । प्रतियोगिता सिर्दाथ क्लव पोखराको सहयोगमा भएको हो । प्रतियोगितामा सहभागिताका लागि भारत वाट विविध खेलका ७० जना खेलाडीहरु पोखरामा आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button