सुरताल सिजन टु प्रतियोगिताकी बिजेता अधिकारीलाई सम्मान

पोखरा, २४ पौष –

सुरताल सिजन टु एकल गायन तथा नृृत्य प्रतियोगिता अन्र्तगत नृत्य विधाकी विजेता ममता अधिकारीलाई शुक्रबार उनको टोलमा स्वागत तथा सम्मान गरिएको छ ।

नेपालका विभिन्न जिल्लाबाट सहभागी भएका हजार भन्दा वढी प्रतियोगिलाई पछि पार्दै अधिकारी नृत्य विधामा उत्कृष्ट भएकी थिईन ।

अधिकारीलाई आवास नगर टोल विकास संस्था लेखनाथ नगरपालिका वडा नं. २ का टोलबासीले सम्मान व्यक्त गरेका हुन ।

सम्मान कार्यक्रममा लेखनाथ नगरपालिकाको बालमैत्री स्थानीय शासनका पूर्व फोकल पर्सन नवराज सापकोटाले विजेता बनेकी अधिकारीलाई बधाई ज्ञापन गर्दै, यस्ता प्रतियोगिताले बालबालिकामा निहित प्रतिभाको प्रस्फुटन हुन सघाउने बताए । उनले नगरबाल मञ्चकी पूर्व अध्यक्ष समेत रहेकी अधिकारी बालबालिकाको क्षमता विकासमा प्रेरणाकी श्रोत हुन सक्ने उल्लेख गरे ।

टोल विकास संस्थाका अध्यक्ष पार्वती गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा सरगम कला केन्द्रका प्रशान्त सुनार, बरिष्ठ उद्घोषक नेत्रपाणी बास्तोला, लेखनाथ नगरपालिकाका लेखा अधिकृत चन्द्रकान्त पौडेल, समाजसेवी मोती गिरी लगायतले बिजेता अधिकारीले नृत्य प्रतियोगितामा उत्कृष्ठ भएर टोलको प्रतिष्ठा बढाएको उल्लेख गरेका थिए । उनिहरुले बालबालिकाका लागि आयोजित नृत्य तथा गायन प्रतियोगिताले उनिहरुमा निहित क्षमताको विकास गर्न मद्दत पुग्ने बताएका थिए ।

त्यस अबसरमा बिजेता अधिकारीले सवैको सहयोग र साथले आफु विजेता बन्न सफल भएको उल्लेख गर्दै, आफुप्रतिको माया र विश्वासले अझ अघि वढ्न मद्दत पुग्ने अपेक्षा गरिन ।

विजेता अधिकारीले उपाधिसँगै स्कुटर, ट्रफि तथा तीन वटा म्यूजिक भिडियोमा नृत्य गर्ने अवसर प्राप्त गरेकी छन् ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button