एस ओ एस बगर भाइखलक भेट्रान फुटवल प्रतियोगिता शुरु

पोखरा, २४ पौष – 

स्वास्थ्यको लागी एक घण्टा ब्याम, पूर्व खेलाडीको लागी सहयोग भन्ने मूल नाराका साथ पांचौ संस्करणको एस ओ एस बगर भाइखलक भेट्रान एट ए साइड फुलवल प्रतियोगिता शुक्रबारदेखि पोखराको बगरमा रहेको पुरानो टुडिखेल मैदानमा शुरु भएको छ । कुल २४ टीमको सहभागीता रहेको फुटवल प्रतियोगिताको एस ओ एस ग्रुपका काठमाण्डौका अध्यक्ष हेम गुरुङले उद्घाटन गरे । खेलको उद्घाटन गर्दै बगर भाइखलकले ४० वर्ष माथीका खेलाडीहरुलाई समाहित गर्दै फुटवल प्रतियोगिताको आयोजना गर्दै खेलको माध्यामबाट शारिरीक तन्दुरुस्तता कायम गर्नमा भुमिका खेल्न सफल भएको वताए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

vetran 2

त्यस्तै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले भेट्रान खेलको माध्यामबाट नेपालका विभिन्न शहरमा रहेका ४० वर्ष माथीका फुटवल खेलाडीहरुलाई खेलको माध्यामबाट एकै ठाउमा भेला गराइ फुटवलको बिकासमा लागेकोमा धन्यवाद ब्यक्त गरे । कार्यक्रममा फुटवल खेलको बिकासमा विशेष योगदान पुरयाएबापत पोखरा दीप १६ निवासी पूर्व खेलाडी इन्द्र गौचनलाई सम्मान गरेको छ । गौचनलाई कार्यक्रमका प्रमुख अतिथी एस ओ एस गु्रपका अध्यक्ष हेम गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेल, बगर भाइखलकका अध्यक्ष दिल वहादुर गुरुङले संयुक्त रुपमा ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

vetran 3

शुक्रबार सम्पन्न उद्घाटन खेलमा इन्द्रेणी भेट्रान्सलाई ३–० ले पराजित गर्दे लायन्स क्लव अफ मुनालले बिजयी शुरुवात गरेको छ । खेलमा जर्सी नम्बर ७ का केशव वरालले पहिलो गोल गरे भने दीपक गुरुङले दोश्रो गोल र अन्तिम गोल तेज नारायण पराजुलीले गरे । खेलमा लायन्स क्लव अफ मुनालका तेज नारायण पराजुली म्यान अफ दी म्याच घोषित भए ।

दोश्रो खेलमा बगर भाइखलकले ४–१ गोल अन्तरले लेकसाइड एफ सीलाई पराजित गरेको छ । बगर भाइखलकको तर्फबाट अवतार गुरुङले १, कुमार गुरुङले १ सन्तोष गुरुङले २ गोल गरे । खेलमा लेकसाइडका तर्फबाट शेखर कुमार श्रेष्ठले सान्तवना गोल गरे । भाइखलकका सन्तोष गुरुङ म्यान अफ दी म्याच घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button