कास्की जिल्ला खेलकुद विकास समितिमा राजनीतिक हस्तक्षेप

पोखरा, २५ पौष –  

कास्की जिल्ला खेलकुद विकास समितिमा राजनीतिक हस्तक्षेप भएको छ । विगत लामो समय देखि कार्यालय प्रमुख रहेको पदमा प्रशासकिय अधिकृत नियुक्ति गरी समितिमा राजनीतिक हस्तक्षेप गरेको खेलकुदकर्मीले आरोप लगाएका छन ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

विगत ४ बर्ष देखि समितिको कार्यालय प्रमुखको पदभार सम्हाल्दै आएका प्रकाश बराल भन्दा माथिल्लो पद दिएर प्रशाशकिय अधिकृतमा धन अर्जुन राईलाई जिम्मेवार दिए पछि कार्यालय प्रमुख बरालले राजनैतिक प्रतिसोचका कारणले गर्दा कास्कीमा मात्र यस्तो भएको प्रतिकृया दिए । उनले भने “स्थानीय विकासमा स्थानीयको नेतृत्व भन्ने भावनाले पनि म यस यय क्षेत्रको भएको नाताले मैले मेरो वुद्धि विवेकले भ्याएसम्म लागेको छु, भोलिको दिनमा पनि लाग्ने छु । ” उनले आफु सरकारी कर्मचारी भएको नाताले सरकारले खटाएको वा दिएको जिम्मेवारी वहन गर्न आफु तयार रहेको समेत बताए ।

समितिको कार्यालय प्रमुख भएको स्थानमा कार्यालय प्रमुख भन्दा माथिल्लो पद कृयट गरी अर्काे व्यक्ति ल्याउनु राम्रो नहुने बरालले बताए । समितिका अध्यक्ष यामबहादुर गुरुङले समितिमा कार्यालय प्रमुख प्रकाश बरालले सवैसंग समन्वय गरी काम गर्न सक्ने व्यक्ति भएकोले त्यो भन्दा माथिल्लो व्यक्तिलाई ल्याएर काम गर्दा आफुहरुलाई समेत समस्या आउने बताए । माथिल्लो निकायमा ईगो समस्याको कारणले गर्दा यस्तो भएको उनले प्रतिकृया दिए । प्रशासकिय अधिकृत राईले विहिबार देखि समितिमा हाजिर गर्न सुरु गरेका छन भने बराल बरालले प्रमुखको जिम्मेवार हालसम्म सम्हालि राखेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button