पोखरा, २५ पौष –
नेपाल प्रेस युनियन कास्कीका कार्यसमिति सदस्य तथा सराङकोट साप्ताहिक पत्रीकका सम्वाददाता पदम श्रेष्ठ माथि हातपात भएको खवर प्रति नेपाल प्रेस युनियन कास्कीको गम्भिर ध्यानकर्षण भएको छ।
पे्रस युनियन कास्कीका सचिव प्रकाशचन्द्र सापकोटाद्धारा जारी गरेको प्रेस विज्ञप्तिमा हातपातमा संलग्न दोषीलाई कडा भन्दा कडा कारवाही गर्न जोडदार माग गरिएको छ।
हिमालय पेट्रोल पम्पमा समाचार संकलनको क्रममा रहेका श्रेष्ठ माथि त्यहाँ सुरक्षामा खटिएका नेपाल प्रहरीबाट हातापात गरेका थिए।
पत्रकारमाथि हुने गरेका यस्ता गतिविधिले स्वतन्त्र प्रेसलाई नै हतोत्साही पार्न खोजिएको ठहर नेपाल प्रेस युनियनले गरेको छ विज्ञप्तिमा भनिएको छ– यस्ता गतिविधि आगामि दिनमा नदोहोरयाउन संम्वन्धित पक्षलाई सचेत गराउदछौ ।