लायन्स क्लव अफ पोखरा माछापुछ्रे भिलेजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

पोखरा, २५ पौष –

लायन्स क्लव अफ पोखरा माछापुछ्रे भिलेजले शनिबार पोखरा स्थित पार्दी बिरौटामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तदान कार्यक्रमको लायन्स क्लवका पिएमसिसि लायन प्रेमबहादुर श्रेष्ठले प्रथम रक्तदाता खिमराज आचार्यलाई ब्लडब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए ।

उद्घाटन गर्दै श्रेष्ठले स्थापनाको छोटो समयमा नै सो क्लवले परिपक्व उदाहरणीय सामाजिक कार्यहरू गरेकोमा बधाइ दिदै एक सवल र सक्षम क्लवको रूपमा आफूलाई स्थापित गरेको बताए ।

उक्त कार्यक्रममा बिरौटा क्लवका अध्यक्ष सूर्य बराल, एमजेएफ लायन किशोर बराल, ब्लड बैंक स्थापना समितिका अध्यक्ष सोनाम साङ्पो लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा कूल १०३ जनाले रक्तदान गरेको सो क्लवले जनाएको छ ।

क्लवका अध्यक्ष शिवराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य द्वितीय उपाध्यक्ष तथा कार्यक्रमका संयोजक तीर्थराज आचार्यले व्यक्त गरेका थिए भने ध्वजाको बन्दना कोषाध्यक्ष तीलबहादुर गुरुङ र संचालन सचिव शोभाकान्त पौडेलले गरेको उक्त क्लवका निर्देशक रामजीप्रसाद लम्सालले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button