पोखरा, २५ पौष –
अमेरीकाबाट केहि दिनको विदामा स्वदेश आएका युवा चर्चीत फुटवल प्रशिक्षक प्रदिप हुमागाइ यति वेला पोखरा १७ दोविल्लामा रहेको सहारा एकेडेमीमा व्यस्त रहेका छन । अमेरीकामा रहेको वेष्ट ह्याम युनाईटेड क्लवको कि स्टोन एथ्लेटिक्स एकेडेमीमा फुटवल प्रशिक्षण गराउदै आएका हुमागाई एक महिनाको विदामा नेपाल आएको समयलाई स्वयम सेवकको रुपमा सहारा एकेडेमीमा रहेका वालहरुलाई फुटवल खेलको प्राविधिक ज्ञान दिनयति वेलाव्यस्त रहेका हुन।
गत आईतबार एकेडेमिमा आएका हुमागाई आगामी शुक्रबारसम्म एकेडेमीमै रहेका वालकहरुलाई विहान र वेलुका गरी दिनको दुई समयमा फुटवल खेलको प्राविधिक ज्ञान दिदैछन । एएफसीको सी, एएसीको बी, अमेरीकामा मिडफिल्ड क्लिनीक प्रशिक्षक समेत गरेका उनले काठमाण्डौमा विश्वबिद्यालयमा केहि समय प्रशिक्षण गराए पश्चात ४ महिना हिमालयन शेर्पाबाट फुटवल प्रशिक्षकको ईन्टनशिप गरेका थिएभने थ्री स्टार क्लवमा केहि समय प्रशिक्षणको जिम्मेवार समेत सम्हालेका थिए । विगत दुई बर्ष देखि अमेरीकामा रहेका हुमागाईले सहारा क्लवद्धारा संचालित एकेडेमिमा रहेकावालकहरु निकै अनुसासित तथा फुटवल खेल प्रति जिज्ञासु भएको कारणले गर्दा आफुलाई प्रशिक्षण गराउन पाउदा थप हौसला मिलेको समेत उनले बताए । उनले भने“ म नेपालमा विदाको समयमा आउदा यस्ता एकेडेमीहरुमा प्रशिक्षण गराउन पाउनु मेरो लागि गर्वको कुरा हो, यस्तो अभियानलाई मैले जिवन्त राख्ने छु, अर्को पटक नेपाल आउदा कुनै पनि यस्ता एकेडेमीहरुमा मेरो खाँचो छ भने पनि मैले सहयोग गर्न तयार छु ।” थ्रि स्टारलाई लिग विजेता गराउन महत्वपुर्ण भुमिका खेल्दै उत्कृष्ट कोच समेत बन्न सफल भएका हुमागाईले २०५३ साल देखि फुटवल खेलमा लागे पछि विगत ३ बर्ष देखि प्रशिक्षणको भुमिका निभाउदै आएका छन ।थ्रि स्टार सम्हालेको छोटो समयमा उनले लिग विजेता हुदै, आहा रारा गोल्ड कप, उदयपुर गोल्ड कप सहित अन्य उपाधि जिताउन सफलभएका थिए ।
नेपाली फुटवल खेलमा एन्फा विवाद र खेलाडीको म्याचफिक्सिङको बारेमा खुलेर बिरोध नगरे पनि उनले विदेशमा नेपाली फुटवल खेलको वदनाम भएकोले अब सकरात्मक ढंगले अगाडी बढाउनु पर्ने बताए । उनले भने “फुटवल विकासमा अब सवै सकरात्मक ढंगले सोच्दै अब राम्रो गर्नू पर्दछ ।” एकेडेमीमा रहेका वालकहरुलाई मुख्य प्रशिक्षण गराउदै आएका किरण श्रेष्ठको समन्वयमा विभिन्न प्रशिक्षकहरुबाट समय समयमा यसरी एकेडेमीमा प्रशिक्षण गराउदै आएको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए । एकेडेमीका रहेका वालकहरुको स्तर उन्नती गर्नूको साथै नयाँपन दिनको लागि यस्तो प्रशिक्षण आवश्यक भएको आचार्यले बताए ।
एकेडेमीमा हाल १६ जिल्लाका २६ जना वालकहरु रहेका छन । आहा रारा गोल्ड कपको बचत रकम सहित स्वदेशी तथा विदेशी दाताले दिएको सहयोगले एकेडेमीमा रहेका वालकहरुको भरण पोषण हुदै आएको छ
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution