पोखरा, २५ पौष –
राप्रपा नेपाल कास्कीको विशेष बैठक शनिवार सम्पन्न भएको छ । बैठकले पुस २७ गते हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई सफल बनाउने निर्णय गरेको छ ।
बैठकले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्य तथा सभ्य रुपमा मनाउन ५ सय १ मुल तयारी समिति समेत गठन गरेको छ ।
बैठकमा अञ्चल संयोजक एवं केन्द्रीय सदस्य रमेश बहादुर भट्टराई, धौलागिरी संयोजक कुल बहादुर गुरुङ्ग कुलु, केन्द्रीय सदस्यहरु रोम बहादुर भण्डारी, देवीजंग गुरुङ्ग लगायत केन्द्रीय नेताहरुले नेपाल एकीकरण भएको दिनलाई भव्यरुपमा मनाउन सम्पूर्ण जनतालाई आग्रह गर्दै उक्त दिन सार्वजनिक विदाको लागि समेत माग गर्ने बताए ।
राष्ट्रिय एकता दिवसलाई सफल बनाउनको लागि झाँकी व्यवस्थापन उपसमिति, प्रचारप्रसार उपसमिति, यातायात व्यवस्थापन उपसमिति लगायतका उपसमितिहरु समेत गठन गरिएको अञ्चल सचिव एवं राष्ट्रिय पत्रकार समाजका अध्यक्ष सूर्य बाँस्तोलाले जानकारी दिए ।
जस अन्तर्गत झाँकी व्यवस्थापन उपसममिति संयोजकमा भोलाजंग सुवेदी, सदस्यमा भीमराज भण्डारी, प्रेम मल्ल, बद्धिमान दुरा धम्पु र धर्मेन्द्र बहादुर थापा, प्रचारप्रसाद उपसमिति संयोजकमा सूर्य बाँस्तोला, सदस्यहरुमा गिता गुरुङ्ग, बद्रीराज गौतम, रञ्जना सेन पौडेल, मिना सुवेदी, रामेश्वर कोइराला, इश्वरी बैरागी र पूर्ण गुरुङ्ग रहेका छन् भने यातयात व्यवस्थापन उपसमित संयोजकमा गीता गुरुङ्ग र सदस्यहरुमा रञ्जना सेन पौडेल, बद्रीराज गौतम, मिना सुवेदी, रामेश्वर कोइराला, इश्वरी बैरागी र पूर्ण गुरुङ्ग रहेका छन् ।
जिल्ला अध्यक्ष जयलाल पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कार्यसमिति सदस्य, भातृ संगठनका अध्यक्ष, जिल्लाका पदाधिकारीहरु लगायतको उपस्थिित रहेको बैठकको संचालन सहसचिव रञ्जनासेन पौडेलले गरेकी थिइन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution