रयाण्डममा सलमान रुस्दीको ‘सटानिक भर्सेस’ माथि पोखरामा परिचर्चा

पोखरा, २५ पौष –

रयाण्डम रिडर्स सोसाइटी अफ् नेपालले सलमान रुस्दीको विवादास्पद कृति ‘सटानिक भर्सेस’माथि शनिबार पोखरामा परिचर्चा गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कृतिमाथि परिचर्चा गर्दैै लेखक युग पाठकले सलमान रुस्दीको प्रतिबन्धित किताब सटानिक भर्सेसमा प्रस्तुत जादुइ यथार्थ पठनीय रहेको बताउनुभयो । विश्वकै कृतिहरूमध्ये सो कृतिका कारण सबैभन्दा धेरै सहरमा प्रदर्शन भएको भन्दै रुस्दीले सोही कृतिकै कारण १० वर्षसम्म भूमिगत जीवन बिताउनुपरेको प्रसङ्ग पनि पाठकले उठाउनुभयो । रुस्दी सम्बन्धी भिडियो क्लिपहरुसहित प्रस्तुत गरिएको कार्यक्रममा कौशलचन्द्र जीसी, टापेन्द्रप्रसाद रिजाल, कृष्ण केसी, नवराज न्यौपानेलगायतले टिप्पणी गर्नुभएको थियो ।

सोसाइटीका संस्थापक अध्यक्ष राजेन्द्र चापागार्इँले सोसाइटीका गतिविधिले नेपाली अध्ययन संस्कृतिमा महत्त्वपूर्ण भूमिका खेलेको दाबी गर्नुभयो ।

यस्तै, चलचित्र ‘झोला’का निर्देशक यादव भट्टराईले सोसाइटीसँग सहकार्य गर्न आफू सधैँ लालायित भएको बताउँदै एक गम्भीर विषयमा आफू नयाँ चलचित्र बनाउने तयारीमा रहेको पनि जानकारी दिनुभयो ।

पुस्तक छनोट समितिकी संयोजक सरस्वती प्रतीक्षाले स्वागतसहित आगामी माघ महिनामा विष्णु भण्डारीको उपन्यास ‘पहेँलो घाम’माथि दीपक पराजुलीले परिचर्चा गर्ने जानकारी दिनुभएको कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button