रयाण्डममा सलमान रुस्दीको ‘सटानिक भर्सेस’ माथि पोखरामा परिचर्चा

  • पोखरा न्यूज
  • २०७२ पौष २५
रयाण्डममा सलमान रुस्दीको ‘सटानिक भर्सेस’ माथि पोखरामा परिचर्चा

पोखरा, २५ पौष –

रयाण्डम रिडर्स सोसाइटी अफ् नेपालले सलमान रुस्दीको विवादास्पद कृति ‘सटानिक भर्सेस’माथि शनिबार पोखरामा परिचर्चा गरेको छ ।

सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कृतिमाथि परिचर्चा गर्दैै लेखक युग पाठकले सलमान रुस्दीको प्रतिबन्धित किताब सटानिक भर्सेसमा प्रस्तुत जादुइ यथार्थ पठनीय रहेको बताउनुभयो । विश्वकै कृतिहरूमध्ये सो कृतिका कारण सबैभन्दा धेरै सहरमा प्रदर्शन भएको भन्दै रुस्दीले सोही कृतिकै कारण १० वर्षसम्म भूमिगत जीवन बिताउनुपरेको प्रसङ्ग पनि पाठकले उठाउनुभयो । रुस्दी सम्बन्धी भिडियो क्लिपहरुसहित प्रस्तुत गरिएको कार्यक्रममा कौशलचन्द्र जीसी, टापेन्द्रप्रसाद रिजाल, कृष्ण केसी, नवराज न्यौपानेलगायतले टिप्पणी गर्नुभएको थियो ।

सोसाइटीका संस्थापक अध्यक्ष राजेन्द्र चापागार्इँले सोसाइटीका गतिविधिले नेपाली अध्ययन संस्कृतिमा महत्त्वपूर्ण भूमिका खेलेको दाबी गर्नुभयो ।

यस्तै, चलचित्र ‘झोला’का निर्देशक यादव भट्टराईले सोसाइटीसँग सहकार्य गर्न आफू सधैँ लालायित भएको बताउँदै एक गम्भीर विषयमा आफू नयाँ चलचित्र बनाउने तयारीमा रहेको पनि जानकारी दिनुभयो ।

पुस्तक छनोट समितिकी संयोजक सरस्वती प्रतीक्षाले स्वागतसहित आगामी माघ महिनामा विष्णु भण्डारीको उपन्यास ‘पहेँलो घाम’माथि दीपक पराजुलीले परिचर्चा गर्ने जानकारी दिनुभएको कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गर्नुभएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस